default_image

3 years ago

October 31, 2020

रियलको सानदार जित

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत शनिबारको पहिलो खेलमा हुएस्कामाथि सानदार जित दर्ता गरेको छ । रियलले घरेलु मैदानमा ४-१ को जित दर्ता गर्दा करीम बेन्जेमाले २ तथा इडेन हाजार्ड र फेडे भालभेर्डेले १-१ गोल गरे । सुरुवातमा निकै प्रतिस्पर्धात्मक चलेको खेलको पहिलो हाफमा रियलले बल पोसेसनमा पकड जमाएपनि गोलका लागि भने निकै संघर्ष गर्नुपर्यो […]

43 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत शनिबारको पहिलो खेलमा हुएस्कामाथि सानदार जित दर्ता गरेको छ । रियलले घरेलु मैदानमा ४-१ को जित दर्ता गर्दा करीम बेन्जेमाले २ तथा इडेन हाजार्ड र फेडे भालभेर्डेले १-१ गोल गरे ।

सुरुवातमा निकै प्रतिस्पर्धात्मक चलेको खेलको पहिलो हाफमा रियलले बल पोसेसनमा पकड जमाएपनि गोलका लागि भने निकै संघर्ष गर्नुपर्यो । खेलको ४० औं मिनेटमा हाजार्डले सिजनको पहिलो गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । मिडफिल्डमा भालभेर्डेले दिएको पासलाई नियन्त्रण गर्दै अघि बढेका हाजार्डले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक आन्द्रेस फर्नान्डेजले रोक्ने कुनै मौका पाएनन् ।

पहिलो हाफको अन्तिम मिनेटमा नै रियलले बेन्जेमाको गोलमा अग्रता दोब्बर पार्यो । लुकास भाज्केजले दिएको क्रसलाई बेन्जेमाले छातीले उत्कृष्ट नियन्त्रणमा लिँदै ६ यार्ड बक्स भित्रबाट उत्कृष्ट फिनिस गरे । बेन्जेमाको प्रहार गोलरक्षक फर्नान्डेजको हातमा लागेपनि बचाउन सकेनन् ।

दोस्रो हाफको ५४ औं मिनेटमा रियलले ३-० को अग्रता लियो । भालभेर्डेले पेनाल्टी क्षेत्रभित्र बेन्जेमाको पासलाई नियन्त्रणमा लिँदै गरेको शक्तिशाली प्रहार गोल भएको थियो । ७४ औं मिनेटमा हुएस्काका डेविड फरेरोले खेलमा फर्कने संकेत दिए । राफा मिरले सिर्जना गरेको उत्कृष्ट मुभपछिको क्रसलाई उनले ब्याक पोस्टमा सहजै गोल गरेका थिए ।

९० औं मिनेटमा बेन्जेमाले व्व्याक्तिगत दोस्रो गोल गर्दै रियलको फराकिलो जित सुनिश्चित गरे । मार्सेलोको क्रसमा रोड्रीगोको हेडर ६ यार्ड बक्सभित्र खस्दा अनमार्क रहेका बेन्जेमाले हेडरमार्फत गोल गर्दै ४-१ को जित पक्का गरे ।

यस जितसँगै रियल ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । रियलको ७ खेलमा ५ जित, १ हार र १ बराबरीसँगै १६ अंक छ । हुएस्का भने ८ खेलमा ३ हार र ५ बराबरीसहित ५ अंक जोडेर १८ औं स्थानमा यथावत छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.