default_image

3 years ago

November 1, 2020

३ सय ९२ दिन पछि हाजार्डको गोल

एजेन्सी– यदि इडन हाजार्डलाई चोटका कारण लामो समय मैदान बाहिर रहे भनेर सहानुभुती राख्दा पनि रियल म्याड्रिडमा उनको गोलको तथ्याङ्क भने निराशाजनक छ । सन् २०१९ मा चेल्सीबाट रियल आएयता उनले २३ खेलमा मात्र २ गोल गरेका छन् । २०१९ को अक्टुबरमा रियलले ग्रानाडालाई ४–२ ले हराउँदा हजार्डले गोल गरेका थिए । त्यसयता एक वर्ष […]

33 views

0 Bookmark

एजेन्सी– यदि इडन हाजार्डलाई चोटका कारण लामो समय मैदान बाहिर रहे भनेर सहानुभुती राख्दा पनि रियल म्याड्रिडमा उनको गोलको तथ्याङ्क भने निराशाजनक छ । सन् २०१९ मा चेल्सीबाट रियल आएयता उनले २३ खेलमा मात्र २ गोल गरेका छन् ।

२०१९ को अक्टुबरमा रियलले ग्रानाडालाई ४–२ ले हराउँदा हजार्डले गोल गरेका थिए । त्यसयता एक वर्ष भन्दा लामो समय ३ सय ९२ दिन उनी गोल विहिन रहे । ला लिगामा शनिबार रियले हुएस्कालाई ४–१ ले हराउँदा हाजार्डले सिजनको पहिलो गोल गरेका थिए । अग्रता दिलाउन उत्कृष्ट गोल गरेपनि हाजार्डले खासै खुसी मानेनन् । त्यसले पनि उनी आफू अझै सन्तुष्ट हुन बाँकी रहेको संकेत गर्छ ।

स्पष्ट भन्ने हो भने रियल पुगेयता हाजार्ड पटक पटक चोटग्रत बने । लामो समयपछि हाजार्ड मंगलबार च्याम्पियन्स लिगमा बोरुसिया मोन्चेनग्लाडबाकविरुद्ध उत्रेका थिए । जसमा उनले गोल त गर्न सकेनन्, तर लयमा फर्कने संकेत गरे । हुएस्काविरुद्ध शनिबार उनी पहिलो रोजाईमा परे, ला लिगामा यो सिजन उनको त्यो पहिलो गोल थियो ।

अब आउने दिनमा फिट रहे भने हाजार्ड गोल गर्ने क्रममा सुधार गर्ने आशा गर्न सकिन्छ । रियलमा हाजार्डले आफ्नो स्वभाविक गोल गर्न सकेका छैनन् । तर, त्यहाँ पुग्नुअघि उनले नियमित गोल गरेका थिए ।

लिलबाट २ सय खेल खेल्ने क्रममा ५० गोल गरेका हाजार्डले ६ वर्ष स्टाम्फोर्ड ब्रिजमा बिताउँदा १ सय १० गोल गरेका थिए । उनले चेल्सीमा अन्तिम सिजनमा २१ गोल गरेका थिए । चेल्सीका लागि उनले ३ सय ५२ खेल खेलेका थिए ।

बेल्जियमको राष्ट्रिय टोलीबाट १ सय ६ खेल्दा उनले ३२ गोल गरेका थिए । हाजार्डको गोल स्कोर औसत प्रति खेल ०.२९ छ । तर रियलमा अघिल्लो दिनसम्म उनको हरेक खेलमा गोल औसत ०.०४ रहेको थियो । आउने दिनमा त्यो सुध्रने रियलको समर्थकको आशा छ । निश्चय नै रियलका प्रशिक्षक जिनेदिन जिदानले हाजार्ड पूर्ण रुपमा फिट वा स्वभाविक गोल गर्न सफल भएको पक्कै मानेका छैनन् ।

गोलमा भन्दा एसिस्टमा भने हाजार्ड औसत राम्रो छ । रियलमा उनले ७ एसिस्ट गरेका छन् । हरेक खेलमा उनको एसिस्ट औसत ०.३ रहेको छ । जुन उनको पूरा खेल जीवनको औसत हेर्दा पनि त्यति नै हुन आउँछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.