default_image

3 years ago

October 31, 2020

सिटीको साँघुरो जित

एजेन्सी – डिफेन्डर काइल वाल्करको निर्णायक गोलमा प्रिमियर लिगअन्तर्गत शनिबार म्यानचेष्टर सिटीले सेफिल्ड युनाइटेडलाई १–० ले हराएको छ । सिटीका लागि स्पेनिस युवा विंगर फेरान टोरेस दुई पटक गोलको नजिक पुगेर असफल भएका थिए । टोरेसले पहिलो पटक हेड गरेको बल पोष्टबाट टाढाबाट गएको थियो भने नजिकबाट गरेको अर्को प्रहारलाई आरोन रामस्डलेले रोकेका थिए । सिटीले […]

30 views

0 Bookmark

एजेन्सी – डिफेन्डर काइल वाल्करको निर्णायक गोलमा प्रिमियर लिगअन्तर्गत शनिबार म्यानचेष्टर सिटीले सेफिल्ड युनाइटेडलाई १–० ले हराएको छ ।

सिटीका लागि स्पेनिस युवा विंगर फेरान टोरेस दुई पटक गोलको नजिक पुगेर असफल भएका थिए । टोरेसले पहिलो पटक हेड गरेको बल पोष्टबाट टाढाबाट गएको थियो भने नजिकबाट गरेको अर्को प्रहारलाई आरोन रामस्डलेले रोकेका थिए ।

सिटीले २८ औं मिनेटमा वाल्करको गोलबाट अग्रता लिएको थियो । सेफिल्डका पूर्व खेलाडीले केभिन डि ब्रुएनेको पासमा लामो दुरीबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

सेफिल्डले ७० औं मिनेटमा बराबरीको मौका पाएको थियो । जोन लन्डस्ट्रामको प्रयास असफल भएको थियो । खेलको अन्त्यतिर बर्नार्डो सिल्भाको प्रहारलाई पनि रामस्डेलले रोकेका थिए । चार खेलमा अपराजित रहेको सिटी ११ अंकका साथ अंक तालिकाको सातौं स्थानमा पुगेको छ । मात्र १ अंक जोडेको सेफिल्ड १९ औं स्थानमा छ ।

प्रिमियर लिगकै अर्को खेलमा शुक्रबार राती वल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले हराएको थियो । खेलको अन्त्यतिर १० खेलाडीमा सिमित भएको प्यालेसिविरुद्ध रायन एट नोउरीले १८ औं र डानियल पोडेन्सीले २७ औं मिनेटमा गोल गरेको थिए ।

८६ औं मिनेटमा प्यालेसका लुका मिलिभोजेभिकले रातो कार्डको सामना गरेका थिए । लिगमा शनिबार बनर्ली र चेल्सी तथा लिभरपुल र वेष्ट ह्याम युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

April 22, 2024

कोशी प्रहरी मिल्स गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलमा साविक विजेता गोलबजार स्पोर्टिङ क्लब सिराहलाई पेनाल्टी सुटआउट ४–३ ले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो । प्रहरीले अब फाइनल प्रवेशको लागि बिहीबार घरेलु टोली पेमा युवा क्लब […]

Success

Thank you for your time.