default_image

3 years ago

November 1, 2020

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा बार्सिलोना १० खेलाडीमा समेटिएको डेपोर्टिभो अलाभेससँग बराबरीमा रोकिएको छ । एन्टोइन ग्रिजमनले दोस्रो हाफमा बराबरी गोल फर्काएपनि बार्सिलोना १-१ को बराबरीमा रोकिएको हो । लिगमा लगातार चौथो खेल जितविहिन रहेको बार्सिलोना ३१ औं मिनेटमा पछि परेको थियो । घरेलु टोली अलाभेसले लुइस रिओजाको गोलमा अग्रता लिएको […]

45 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा बार्सिलोना १० खेलाडीमा समेटिएको डेपोर्टिभो अलाभेससँग बराबरीमा रोकिएको छ । एन्टोइन ग्रिजमनले दोस्रो हाफमा बराबरी गोल फर्काएपनि बार्सिलोना १-१ को बराबरीमा रोकिएको हो ।

लिगमा लगातार चौथो खेल जितविहिन रहेको बार्सिलोना ३१ औं मिनेटमा पछि परेको थियो । घरेलु टोली अलाभेसले लुइस रिओजाको गोलमा अग्रता लिएको थियो । उनले गोलरक्षक नेटोबाट बल खोस्दै गोल गरेपछि अलाभेसले अग्रता लिएको थियो ।

दोस्रो हाफको ६२ औं मिनेटमा अलाभेस १० खेलाडीमा सिमित भयो । मिडफिल्डर जोटा दोस्रो पहेंलो कार्ड प्राप्त गरेपछि बार्सिलोनालाई खेलमा फर्कने बाटो खुलेको थियो । बार्सिलोनाले त्यसको सदुपयोग गर्दै १ मिनेटमा नै खेल बराबरीमा ल्यायो । एन्टोइन ग्रिजमनले गोल गर्दै पुनरागमनको संकेत दिएका थिए ।

त्यसअघि अलाभेसका गोलरक्षक फर्नान्डो पचेकोले उत्कृष्ट प्रदर्शन गर्दै अन्सु फातीको प्रहार विफल पारेका थिए । ग्रिजमनको गोल भीएआरले मान्यता नपाउँदा बार्सिलोनालाई थप पिडा भएको थियो । पचेकोले कप्तान लिओनेल मेस्सी, मिरालेम प्यानिच र सर्जिनो डेस्टको प्रहार पनि रोकेका थिए । बार्सिलोनाले खेलको अधिकांश समय बलमा पकड बनाउँदै आक्रमण बुनेपनि गोल थप्न भने सकेन ।

च्याम्पियन्स लिगमा लगातार दुई जितसहित अंक तालिकाको शीर्षस्थानमा रहेको बार्सिलोना लिगमा भने संघर्ष गरिरहेको छ । टोलीले ६ खेलमा जम्मा ८ अंक जोडेको छ । बार्सिलोना लिग तालिकामा १२ औं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल भन्दा बार्सिलोना ८ अंकले पछि परिसकेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.