default_image

3 years ago

November 1, 2020

लिभरपुलको संघर्षपूर्ण जित

एजेन्सी – पोर्चुगिज फरवार्ड डिओगो जोटाले लगातार तेस्रो खेलमा गोल गरेपछि इंग्लिस च्याम्पियन लिभरपुलले प्रिमियर लिग अन्तर्गत शनिबार वेस्ट ह्याममाथि २-१ को जित दर्ता गरेको छ । खेलको सुरुवाती समयमा नै पछि परेको लिभरपुलले पुनरागमन गर्दै जित हासिल गर्दा अंक तालिकाको शीर्षस्थानमा ३ अंकको अग्रता बनाउन सफल भयो । खेलको दशौं मिनेटमा नै वेस्ट ह्यामले […]

49 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड डिओगो जोटाले लगातार तेस्रो खेलमा गोल गरेपछि इंग्लिस च्याम्पियन लिभरपुलले प्रिमियर लिग अन्तर्गत शनिबार वेस्ट ह्याममाथि २-१ को जित दर्ता गरेको छ ।

खेलको सुरुवाती समयमा नै पछि परेको लिभरपुलले पुनरागमन गर्दै जित हासिल गर्दा अंक तालिकाको शीर्षस्थानमा ३ अंकको अग्रता बनाउन सफल भयो । खेलको दशौं मिनेटमा नै वेस्ट ह्यामले अग्रता लिएको थियो । डिफेन्डर जो गोमेजले क्लियर गरेको बललाई नियन्त्रणमा लिँदै पाब्लो फोर्नाल्सले गोल गरेपछि पाहुना टोली अघि बढेको थियो ।

पहिलो हाफको अन्त्यतिर लिभरपुलले पेनाल्टी प्राप्त गरेपछि खेलमा फर्कने बाटो पाएको थियो । आर्थर मासुआकुले मोहमद सलाहलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । सलाहले उक्त पेनाल्टीको सदुपयोग गर्दै खेल बराबरीमा ल्याए ।

निर्धारित समयको ५ मिनेट बाँकी रहँदा लिभरपुलले अग्रता लियो । बेन्चबाट आएका जेर्डान शाकिरी र जोटाको जोडी चल्दा घरेलु टोली अघि बढेको हो । ७० औं मिनेटमा प्रवेश गरेका यी दुईले पछिल्ला खेलमा पनि प्रभाव जमाएका थिए । शाकिरीको थ्रु बललाई जोटाले गोलमा परिणत गर्दै जिततर्फ उन्मुख गराएका थिए ।

मुख्य डिफेन्डरहरु चोटका कारण बाहिर रहेकाले लिभरपुलले युवा डिफेन्डर नाथन फिलिप्सलाई डेब्यु दिएको थियो । टोलीमा पहिलो रोजाइमा खेल्दै आएका भर्जिल भान डाइक, जोएल माटिप र फबिन्हो तीनै जना घाइते छन् । फिलिप्सले सन्तोषजनक प्रदर्शन गर्दा प्रशिक्षक योर्गेन क्लोपलाई केहि राहत पुगेको छ ।

जितसँगै लिभरपुलको ७ खेलमा १६ अंक पुगेको छ । टोली दोस्रो स्थाको एभर्टनभन्दा ३ अंकले अघि छ । वेस्ट ह्याम भने ८ अंकका साथ १३ औं स्थानमा छ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.