default_image

3 years ago

November 1, 2020

पीएसजीको जितमा एमबाप्पे नायक

एजेन्सी – फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नान्टसलाई पराजित गरेको छ । एमबाप्पेले एक गोल र एक असिस्ट दिँदा पीएसजी ३-० ले विजयी भयो । घरेलु टोलीले पहिलो हाफमा अग्रता लिने सुवर्ण अवसर गुमाएपछि दोस्रो हाफमा पीएसजीले खेल आफ्नो पक्षमा पारेको थियो । सिमोनले खालि पोस्टमा गोल गर्न नसक्दा […]

68 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नान्टसलाई पराजित गरेको छ । एमबाप्पेले एक गोल र एक असिस्ट दिँदा पीएसजी ३-० ले विजयी भयो ।

घरेलु टोलीले पहिलो हाफमा अग्रता लिने सुवर्ण अवसर गुमाएपछि दोस्रो हाफमा पीएसजीले खेल आफ्नो पक्षमा पारेको थियो । सिमोनले खालि पोस्टमा गोल गर्न नसक्दा नान्टस अग्रता लिन चुकेको थियो । नेयमारको अनुपस्थितिमा उत्रिएको पीएसजी आक्रमणमा चुस्त नहुँदा पहिलो हाफको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

दोस्रो हाफको सुरुवातमै पीएसजीले आन्दर हरेराको गोलमा अग्रता लियो । एमबाप्पेले ६ यार्ड बक्स नजिकबाट दिएको पासलाई हरेराले पहिलो टचमा नै गोल गरेका थिए । ६५ औं मिनेटमा एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पाएको पेनाल्टीमा उनी आफैंले गोल गर्दै २-० को अग्रता दिलाए ।

नान्टसले पनि त्यसको केहि मिनेटमा नै पेनाल्टी पाएको थियो । तर काडेर बाम्बाको पेनाल्टीलाई पीएसजीको कप्तानी गरिरहेका केलर नाभासले विफल पारे । खेलको २ मिनेट समय बाँकी रहँदा नान्टसको पेनाल्टी क्षेत्रभित्र बल खोस्दै पाब्लो सारबियाले गोल गरे ।

यस जितसँगै पीएसजीले लिगको शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ । पीएसजीको ९ खेलमा २१ अंक छ । दोस्रो स्थानको लिलको ८ खेलमा १८ अंक रहेको छ ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.