default_image

3 years ago

November 1, 2020

फेलिक्स चम्कँदा एटलेटिको अपराजित

एजेन्सी – पोर्चुगलका युवा फरवार्ड जोआओ फेलिक्सले उच्च लयलाई निरन्तरता दिँदा एटलेटिको म्याड्रिडले शनिबार स्पेनिस ला लिगामा ओसासुनामाथि ३-१ को सहज जित दर्ता गरेको छ । फेलिक्सले खेलको सुरुवाती समयमा सहज अवसरमा गोल गर्न नसकेपनि त्यसपछि दुई गोल गरे । पहिलो हाफमा पेनाल्टीबाट टोलीलाई अग्रता दिलाएका फेलिक्सले दोस्रो हाफमा भने पेनाल्टी चुकाएका थिए । उनले […]

31 views

0 Bookmark

एजेन्सी – पोर्चुगलका युवा फरवार्ड जोआओ फेलिक्सले उच्च लयलाई निरन्तरता दिँदा एटलेटिको म्याड्रिडले शनिबार स्पेनिस ला लिगामा ओसासुनामाथि ३-१ को सहज जित दर्ता गरेको छ ।

फेलिक्सले खेलको सुरुवाती समयमा सहज अवसरमा गोल गर्न नसकेपनि त्यसपछि दुई गोल गरे । पहिलो हाफमा पेनाल्टीबाट टोलीलाई अग्रता दिलाएका फेलिक्सले दोस्रो हाफमा भने पेनाल्टी चुकाएका थिए । उनले ४८ औं मिनेटमा गरेको प्रहार पोस्टमा लागेको थियो ।

तर ६९ औं मिनेटमा सानदार गोल गर्दै उनले टोलीलाई २-० को अग्रता दिलाए । ओसासुनाको आन्टे बुदिमिरले ८० औं मिनेटमा हेडरमार्फत गोल गर्दै खेलमा फर्कने संकेत दिए । ८८ औं मिनेटमा काइरन ट्रीपिएरको क्रसमा लुकास टोरेराले गोल गर्दै एटलेटिकोको जित सुनिश्चित गरे । लिगमा अपराजित एक्लो टोली रहेको म्याड्रिडको यो लगातार तेस्रो जित हो ।

फेलिक्सले च्याम्पियन्स लिगमा लाइप्जिगविरुद्ध पनि २ गोल गरेका थिए । खेलपछि उनले टोलीको प्रदर्शनमा आफू धेरै खुसी रहेको बताए । पहिलो हाफमा कडा प्रतिस्पर्धा भएपनि दोस्रो हाफमा आफ्नो स्तर प्रदर्शन गर्न सफल रहेको उनको बुझाइ थियो ।

लिग तालिकामा एटलेटिको १४ अंकसहित तेस्रो स्थानमा छ । रियल म्याड्रिडको २ अंक बढी भएपनि टोलीले १ खेल बढी खेलेको छ । एटलेटिकोले ६ खेलमा ४ जित र २ बराबरीको नतिजा निकालेको छ भने रीयल ७ खेलमा ५ जित, १ बराबरी र १ हारसहित शीर्षस्थानमा छ । दोस्रो स्थानको रियल सोसीडाडले १४ अंक जोडेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.