default_image

3 years ago

November 1, 2020

रोनाल्डो बेन्चमा रहने सम्भावना

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले इटालियन सिरी ए अन्तर्गत आइतबार स्पेजियाको सामना गर्दैछ । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे सुरु हुनेछ । प्रशिक्षक आन्द्रीए पिर्लोले उक्त खेलका लागि आफ्ना स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई टोलीमा समेट्ने बताएका छन् । यसै साता कोरोना संक्रमणबाट मुक्त भएका रोनाल्डो बेन्चमा रहने पिर्लोले संकेत दिएका छन् । रोनाल्डो अक्टोबर […]

49 views

0 Bookmark

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले इटालियन सिरी ए अन्तर्गत आइतबार स्पेजियाको सामना गर्दैछ । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

प्रशिक्षक आन्द्रीए पिर्लोले उक्त खेलका लागि आफ्ना स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई टोलीमा समेट्ने बताएका छन् । यसै साता कोरोना संक्रमणबाट मुक्त भएका रोनाल्डो बेन्चमा रहने पिर्लोले संकेत दिएका छन् । रोनाल्डो अक्टोबर पहिलो साता पोर्चुगलसँग अन्तर्राष्ट्रिय खेलका दौरान कोरोनाबाट संक्रमित भएका थिए ।

रोनाल्डोले सेप्टेम्बर अन्त्यमा रोमासँग २-२ को बराबरी भएको खेलपछि युभेन्टसका लागि खेलेका छैनन् । रोनाल्डोले बेन्चबाट वैकल्पिक खेलाडीका रुपमा खेल्ने सम्भावना रहेको छ । झन्डै ३ साता विश्राम पाएका कारण पनि उनले सिधै पूरा ९० मिनेट नखेल्ने पिरलोले बताएका हुन् ।

‘रोनाल्डोले दोस्रो नेगेटिभ परिक्षण गरेपछि शनिबार एक्लै प्रशिक्षण गरे । उनी आइतबार टोलीमा रहनेछन् । मलाई लाग्दैन उनले सुरुवाती रोजाइमा खेल्नेछन् । हामीलाई उनको उपस्थिति नै ठूलो पक्ष हो । उनले घरमा रहँदा पनि प्रशिक्षण गरेकाले टोलीमा भने रहनेछन्,’ पिर्लोले भने ।

रोनाल्डोको अनुपस्थितिमा अल्भारो मोराटा र पाउलो डिबालाले टोलीको आक्रमण सम्हाल्नेछन् । स्पेजियाले जारी सिजन ५ खेलमा ५ अंक मात्र जोडेको छ । अपराजित युभेन्टसले भने ५ खेलमा २ जित र ३ बराबरीसँगै ५ अंक जोडेको छ । अंक तालिकामा युभेन्टस शीर्ष ४ बाहिर छैटौं स्थानमा छ ।

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

Success

Thank you for your time.