default_image

3 years ago

November 1, 2020

एस्टन भिल्लामाथि साउथह्याम्प्टनको रोमाञ्चक जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टनले एस्टन भिल्लामाथि रोमाञ्चक जित हात पारेको छ । साउथह्याम्टनले भिल्लामाथि उसकै मैदानमा ४–३ को रोमाञ्चक जित निकालेको हो । भिल्लापार्कमा आइतबार साँझ ६१ मिनेटसम्म ४–० को आरामदायी अग्रता लिएको साउथह्याम्प्टनले त्यसपछि लगातार तीन गोल खाएपछि खेल निकै रोमाञ्चक मोडमा पुगेपनि साउथह्याम्प्टन विजयी हुन सफल भयो । साउथह्याम्पटनको जितमा जेम्स […]

40 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टनले एस्टन भिल्लामाथि रोमाञ्चक जित हात पारेको छ । साउथह्याम्टनले भिल्लामाथि उसकै मैदानमा ४–३ को रोमाञ्चक जित निकालेको हो ।

भिल्लापार्कमा आइतबार साँझ ६१ मिनेटसम्म ४–० को आरामदायी अग्रता लिएको साउथह्याम्प्टनले त्यसपछि लगातार तीन गोल खाएपछि खेल निकै रोमाञ्चक मोडमा पुगेपनि साउथह्याम्प्टन विजयी हुन सफल भयो ।

साउथह्याम्पटनको जितमा जेम्स वाड प्रौजले दुई तथा जान्निक भेस्टेरगार्ड र ड्यानी इंग्सले समान एक गोल गरे । घरेलु टोलीका टेरोन मिङ्स, ओली वाट्किन्स र ज्याक ग्रेयलिसले गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

२०औं मिनेटमा जान्निक भेस्टरगार्डले गोल गर्दै साउथह्याम्टनलाई अग्रता दिलाए । ३३औं मिनेटमा जेम्स वार्डले गोल गर्दै अग्रता दोब्बर पारे । ४५औं मिनेटमा जेम्स वार्डले व्यक्तिगत दोस्रो गोल गरेपछि साउथह्याम्प्टनले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिएको थियो ।

५८औं मिनेटमा ड्उानी इंग्सले गोल गरेपछि साउथह्याम्प्टनले खेलमा ४–० को आरामदायी अग्रता बनाएको थियो । ६२औं मिनेटमा टेरोन मिङ्सले ज्याक ग्रेयलिसको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ओली वाट्किन्सले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याए । इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा ज्याक ग्रेयलिसले गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याएपनि हार टार्न सकेनन् ।

प्रिमियर लिगमा भिल्लाको यो लगातार दोस्रो हार हो । यसअघि भिल्ला लिड्स युनाइटेडसँग ३–० ले पराजित भएको थियो । जितसँगै साउथह्याम्पटनको ७ खेलबाट १३ अंक पुगेको छ । ६ खेल खेलेको भिल्लाको १२ अंक छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.