default_image

3 years ago

November 2, 2020

बेल र केनको गोलमा टोटेनहमको जित

एजेन्सी – प्रिमियर लिगमा फर्किएपछि वेल्सका फरवार्ड ग्यारेथ बेलको पहिलो गोल सहयोगमा टोटेनहम हस्टपुरले ब्राइटनमाथि २–१ को संघर्षपुर्ण जित निकालेको छ । अर्काे एक गोल ह्यारी केनले पेनाल्टीमार्फत गरेका थिए । ब्राइटनका तारिक लाम्पाटेले एक गोल फर्काए । टोटेनहम हस्टपर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोली टोटेनहमले खेलको १३औं मिनेटमा ह्यारी केनको पेनाल्टी गोलमार्फत […]

55 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिगमा फर्किएपछि वेल्सका फरवार्ड ग्यारेथ बेलको पहिलो गोल सहयोगमा टोटेनहम हस्टपुरले ब्राइटनमाथि २–१ को संघर्षपुर्ण जित निकालेको छ ।

अर्काे एक गोल ह्यारी केनले पेनाल्टीमार्फत गरेका थिए । ब्राइटनका तारिक लाम्पाटेले एक गोल फर्काए । टोटेनहम हस्टपर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोली टोटेनहमले खेलको १३औं मिनेटमा ह्यारी केनको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो ।

२३औं मिनेटमा ब्राइटनले पेनाल्टी अपिल गरेपनि भिएआरबाट मान्यता पाएन । ५६औं मिनेटमा पास्कल ग्रोसको पासमा तारिक लाम्पटेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६८औं मिनेटमा इरिक लमेलाको प्रहार पोस्टमा लागेर फर्कदा टोटेनहमले पुन अग्रता लिनबाट चुक्यो ।

मैदान प्रवेश गरेको तेस्रो मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टोटेनहमलाई २–१ को अग्रता दिलाए । ७०औं मिनेटमा इरिक लमेलाको स्थानमा मैदान प्रवेश गरेका बेलले सर्जियो रिगुइलोनको पासमा गोल गर्न सफल भएका थिए । प्रिमियर लिगमा फर्किएपछि दोस्रो खेलमा बेलको यो पहिलो गोल हो ।

जितसँगै टोटेनहम ७ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा उक्लन सफल भएको छ । ब्राइटन ५ अंकसहित १६औं स्थनमा छ । शीर्षस्थानमा रहेको लिभरपुलको १६ अंक छ ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.