default_image

3 years ago

November 2, 2020

रियल सोसिडाड ला लिगाको शीर्षस्थानमा उक्लियो

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडलाई पछि पार्दै रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सेल्टा डि भिगोमाथि ४–१ को सानदार जित निकाल्दै सोसिडाड ला लिगाको शीर्षस्थानमा उक्लिएको हो । जितपछि सोसिडाडको ८ खेलबाट १७ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको १६ तथा दुई खेल कम […]

45 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडलाई पछि पार्दै रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा सेल्टा डि भिगोमाथि ४–१ को सानदार जित निकाल्दै सोसिडाड ला लिगाको शीर्षस्थानमा उक्लिएको हो । जितपछि सोसिडाडको ८ खेलबाट १७ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको १६ तथा दुई खेल कम खेलेको एट्लेटिको म्याड्रिडको १४ अंक छ । पराजित सेल्टा ६ अंकसहित पुछारमा छ ।

एबांका बलाईडोस भिगोमा घरेलु टोलीमाथिका जितमा सोसिडाडका विलियम जोशले दुई तथा डेभिड सिल्भा र मिकेल ओयरजावाललले समान एक गोल गरे । घरेले टोलीका इगो आस्पासले एक गोल फर्काए ।

खेलको ३४औं मिनेटमा डेसभड सिल्भाको गोलबाट सोसिडाडले अग्रता लिएको थियो । ३४औं मिनेटमा मिकेल ओयरजावालले गोल गर्दै सोसिडाडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ५४औं मिनेटमा विलियम जोशले गोल गर्दै सोसिडाडलाई फराकिलो जिततर्फ अघि बढाए ।

७७औं मिनेटमा इगो आस्पासले पेनाल्टीमार्फत गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ८१औं मिनेटमा विलियम जोशले गोल गर्दै सोसिडाडलाई ४–१ को सहज जित दिलाए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा जोश फोन्टन दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि घरेलु टोलीले १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो ।

ला लिगामा सोसिडाडको यो पाँचौ जित हो । सोसिडाडले दुई बराबरी र एक हारको नतिजा निकालेको छ ।

अन्य नतिजा
रियल बेटिस
विरुद्ध इल्चे (–१), ग्रानडाविरुद्ध लेभान्टे (१–१), भ्यालेन्सियाविरुद्ध गेटाफे (२–२)

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.