default_image

3 years ago

November 2, 2020

लेस्टर र लिड्स भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज सोमबार राति लेस्टर सिटी र लिड्स युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल एलन रोड लिड्स वेस्ट योर्कसायरमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा लिड्स लेस्टरलाई पराजित गर्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । लिड्स ६ खेलबाट १० अंक जोडेर १२औं स्थानमा रहेको छ । लेस्टरलाई हराए […]

40 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज सोमबार राति लेस्टर सिटी र लिड्स युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल एलन रोड लिड्स वेस्ट योर्कसायरमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा लिड्स लेस्टरलाई पराजित गर्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ ।

लिड्स ६ खेलबाट १० अंक जोडेर १२औं स्थानमा रहेको छ । लेस्टरलाई हराए लिड्सलाई तेस्रो स्थानमा उक्लने अवसर छ । बराबरी या हारले लिड्स तेस्रो स्थानमा उक्लने सम्भावना रहनेछैन । त्यसैले पनि लिड्स लेस्टरविरुद्ध ३ अंककै लागि खेल्नेछ ।

लिड्ससँग प्याट्रिक बामफोर्ड, रोड्रिगो, ज्याक ह्यारिसन, हेल्डर कोस्टा, माटेज क्लिच, रोविन कोच, लुकी एयलिङ र गोलरक्षक इलान मेसलिएर रहेका छन् । बामफोर्डले यो सिजन ६ खेलमा ६ गोल गर्नुका साथै एक असिस्ट दिएका छन् । त्यसैले बामफोर्ड नै टोलीको हतियार हुनेछन् ।

यता, लेस्टर पनि घरेलु टोलीलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लने दाउमा हुनेछ । आठौं स्थानका रहेको लेस्टको ६ खेलबाट १२ अंक रहेको छ । लिड्सलाई हराए लेस्टरले टोटेनहम, एभर्टन, साउथह्याम्टन, वल्भ्स, चेल्सी र एस्टन भिल्लालाई पछि पार्नेछ ।

लेस्टरसँग जेमी भार्डी, हार्भे बार्नेस, डेनिस प्रायट, जोन इभान्स, वेस्ली फोफाना, क्रिस्टियन फुच र गोलरक्षक कास्पर स्माइकलको साथ रहेको छ । यि दुई टोली २०१७ पछि पहिलोपटक भिड्न लागेका हुन् ।

त्यतिबेला इएफएल कपमा लेस्टर ३–१ ले विजयी भएको थियो । यि दुई टोली हालसम्म १० पटक प्रतिस्पर्धा गर्दा लेस्टर ५ खेलमा विजयी हुँदा लिड्सले दुई खेलमा सफलता हात पारेको छ । ३ खेल बराबरीमा सकिएको छ ।

प्रिमियर लिगमा आज राति नै फुलहम र वेस्ट ब्रुमबीच राति ११:१५ बजे प्रतिस्पर्धा हुँदैछ । खेल फुलहमको मैदानमा हुनेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.