default_image

3 years ago

November 3, 2020

इन्टरविरुद्ध रियलको अवस्था

एजेन्सी – ला लिगामा सन्तोषजनक प्रदर्शन गरिरहेको रियल म्याड्रिडको च्याम्पियन्स लिगको यात्रा भने कठीन मोडमा छ । समूह ‘बी’ को पुछारमा रहेको रियलले मंगलबार इन्टरको सामना गर्दैछ । त्यो खेलको नतिजाले अघिल्लो चरणको यात्राका लागि महत्वपूर्ण हुनेछ । जिनेदिन जिदानको टोलीले इन्टरविरुद्ध कस्तो प्रदर्शन गर्छ धेरैले प्रतिक्षा गरेका छन् । २ खेलमा शाख्तार डोनेक्स ४ […]

39 views

0 Bookmark

एजेन्सी – ला लिगामा सन्तोषजनक प्रदर्शन गरिरहेको रियल म्याड्रिडको च्याम्पियन्स लिगको यात्रा भने कठीन मोडमा छ । समूह ‘बी’ को पुछारमा रहेको रियलले मंगलबार इन्टरको सामना गर्दैछ । त्यो खेलको नतिजाले अघिल्लो चरणको यात्राका लागि महत्वपूर्ण हुनेछ ।

जिनेदिन जिदानको टोलीले इन्टरविरुद्ध कस्तो प्रदर्शन गर्छ धेरैले प्रतिक्षा गरेका छन् । २ खेलमा शाख्तार डोनेक्स ४ अंकसहित शीर्षस्थानमा छ भने बोरुसिया मोन्चेनग्लाडबाक र इन्टरको समान २ अंक छ । पुछारमा रहेको रियलको १ अंक मात्र छ ।

इडेन हाजार्डको पुनरागमनले टोली उत्साहित छ । जिदान भन्छन्, ‘सबै चिजका लागि हामी सधै उत्साहित छौं । इडन के हुन् हामीलाई थाहा छ । आकंक्षा पनि त्यहि अनुरुप हुन्छ । इन्टर अघिको खेलमा जिदानका विचार ।’

च्याम्पियन्स लिगमा अवस्था

यो हाम्रो लागि फाइनल हो । तर वास्तवमा भन्ने हो भने रियलका लािग हरेक दिन फाइनल जस्तै हो । हामीलाई त्यो थाहा छ र हामी केन्द्रित छौं । हामी तीन अंकका लागि खेल्नेछौं ।

बिबिसीसँग हाजार्ड, बेन्जेमा र एसेन्सियाको तुलना

हरेक खेलाडी इतिहास बनाउन चाहन्छन् । तीन खेलाडीका बारेमा र्चा चर्चा उनीहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । टोलीमा परिवर्तका विषयमा पनि चर्चा हुन्छन् ।

तर म देखिरहेको छु हरेक खेलाडी जित्न चाहन्छन्, जुन एउटा प्रशिक्षकका लागि राम्रो हो । अहिलेको क्षममा त्यो भूमिकामा म छु । हरेक खेलाडीसँग मलाई सहज छ । हामी लक्ष्य प्राप्तीका लागि सबैको साथ लिएर अघि बढ्ने छौं ।

मोड्रिच

मोड्रिचका बारेमा कुनै परिवर्तन छैन । टोलीका लागि उनी के हुन् हामीलाई थाहा छ । हामीसँग धेरै खेल छन् र खेलाडी पनि । मोड्रिचले जति खेलेका छन् राम्रो गरेका छन् । छनोट गर्नु र खेलाउनु मोड्रिच जस्तो खेलाडी हुँदा प्रशिक्षकका लागि सधै कठीन हुनेछ । कहिलेकाहिँ खेलाउन सकिन्न । तर मोड्रिच हाम्रो लागि धेरै महत्त्वपूर्ण खेलाडी हुन् ।

इन्टर

हाम्रो प्रतिद्वन्द्वी कति कठीन खेल्छन् भन्ने थाहा छ । शारीरिक रुपमा उनीहरु धेरै राम्रो छन् । अर्को उनीहरु राम्रो फुटबल खेल्दछन् । त्यसमाथि हाम्रो लागि संघर्षपूर्ण छ । यो खेल फाइनल बराबरी हो ।

समूह

समूह विभाजनमा हामीले गर्न सक्ने के हुन्छ । हरेक खेल जित्नका लागि कठिन छन् । अहिले हामी घरमा खेल्दैछौं र जितका लागि हामी प्रयास गर्नेछौ ।

स्पेनिस फुटबल

फुटबल सहज खेल होइन । त्यहाँ सानो टोली भन्ने हुँदैन । फुटबल अत्यन्त कठीन मात्र छैन त्यत्तिकै सून्दर पनि छ । अहिलेको समयमा स्पेनिस लिगमा जो पनि जित्न सक्छन् । त्यसैले पनि हरेक जितमा हामी खुसी हुन्छौं ।

भविष्य

म भविष्यका बारेमा धेरै सोच्दिन । अब अहिलेका लागि इन्टरसँगको खेलका बारेमा सोचिरहेको छु ।

च्याम्पियन्स लिग

हामी जित्न चाहन्छौं । बाहिर कस्तो चर्चा हुन्छ त्यसमा धेरै ध्यान दिदैछौं । तर हामी हरेक चिजका लागि संघर्ष गर्नेछौं ।

यो पनि पढ्नुहोस : रियल म्याड्रिड समूह चरणबाटै बाहिरिने खतरा

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.