default_image

3 years ago

November 3, 2020

बर्लिनले होफेनहाइमलाई हरायो

एजेन्सी – जर्मन बुन्डेस लिगामा युनियन बर्लिनले १० खेलाडीमा समेटिएको होफेनहाइमलाई ३–१ ले हराएको छ । सबै चार गोल दोस्रो हाफमा सम्भव हुदा बर्लिनले बाजी मारेको हो । प्रेजेरो एरिना सिनसेहिममा सोमबार राति भएको खेलमा बर्लिनको जितमा म्याक्स क्रुस, जोएल फोजानपालो र सेडरिक टिउचेर्टले गोल गरे । घरेलु टोलीका मुनार डावुरले एक गोल फर्काए । […]

37 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेस लिगामा युनियन बर्लिनले १० खेलाडीमा समेटिएको होफेनहाइमलाई ३–१ ले हराएको छ । सबै चार गोल दोस्रो हाफमा सम्भव हुदा बर्लिनले बाजी मारेको हो ।

प्रेजेरो एरिना सिनसेहिममा सोमबार राति भएको खेलमा बर्लिनको जितमा म्याक्स क्रुस, जोएल फोजानपालो र सेडरिक टिउचेर्टले गोल गरे । घरेलु टोलीका मुनार डावुरले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको ५८औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिएपछिको फाइदा बर्लिनले उठाउन सफल भएको थियो । रोबर्ट स्कोभ सिधै रातो कार्ड खादै मैदान बाहिरिएका थिए । त्यसमा प्राप्त पेनाल्टीमा म्याक्स क्रुसले गोल गर्दै बर्लिनलाई अग्रता दिलाए ।

८०औं मिनेटमा मुनारले बराबरी गोल फर्काए । तर त्यसपछि बर्लिनले दुई गोल गर्दै जित पक्का गरे । ८५औं मिनेटमा जोएलले तथा इन्ज्युरी समयमा सेडरिकले गोल गरे ।

यो जितसँगै बर्लिन ६ खेलबाट ९ अंक जोडेर सातौं स्थानमा उक्लदा होफेनहाइम ७ अंकसहित १२औं स्थानमा यथावत छ । बायर्न म्युनिख १५ अंकसहित शीर्षस्थानमा छ । समान १५ अंक नै भएपनि गोल अन्तरमा बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा छ ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.