default_image

3 years ago

November 3, 2020

बार्सिलोनामा मेस्सीको पनि तलब समायोजन

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आर्थिक संकट बढेपछि तलब समायोजनका लागि कप्तान लिओनेल मेस्सीसहित सिनियर टोलीका सदस्यसँग छलफल गर्ने भएको छ । क्लबले कप्तान मेस्सीलाई यसअघि विशेष अवस्था भन्दै तलब समायोजन लगायत विषयमा समावेश गर्ने गरेको थिएन । तर क्लबको व्यवस्थापन कमिसनका अध्यक्ष कार्ल्स टुस्केट्सले यसपटक मेस्सीलाई पनि अन्य खेलाडीझैं समायोजनमा समावेश गरिने बताए । […]

48 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आर्थिक संकट बढेपछि तलब समायोजनका लागि कप्तान लिओनेल मेस्सीसहित सिनियर टोलीका सदस्यसँग छलफल गर्ने भएको छ ।

क्लबले कप्तान मेस्सीलाई यसअघि विशेष अवस्था भन्दै तलब समायोजन लगायत विषयमा समावेश गर्ने गरेको थिएन । तर क्लबको व्यवस्थापन कमिसनका अध्यक्ष कार्ल्स टुस्केट्सले यसपटक मेस्सीलाई पनि अन्य खेलाडीझैं समायोजनमा समावेश गरिने बताए । क्लबले डिसेम्बरमा हुने अध्यक्ष चयनको चुनाव अघि नै खेलाडीसँग छलफल गर्नुपर्ने अवस्था रहेको छ ।

टुस्केट्सका अनुसार खेलाडीसँग समायोजन छलफल गर्न सम्भव पनि देखिन्छ । ‘मलाई लाग्छ हामी सहमतिमा आउन सक्छौं । सबैले हाम्रो प्रस्तावमा सहमति जनाउनेछन् भन्ने आशा छ । हामी कसैको पैसा लिन लागेका हैनौं, मात्र अहिलेको अवस्थालाई मध्यनजर गर्दै पछि सम्भव भएको बेलामा तिर्न लागेका हौं । अहिलेको कठिन अवस्थामा यो नै उत्तम विकल्प हो,’ टुस्केट्सले भने ।

‘हामी मेस्सीका लागि मात्र फरक व्यवस्था ल्याउन सक्दैनौं । हामी उस्तै अवस्थाका खेलाडीलाई विभिन्न विकल्प दिन सक्छौं तर कुनै व्यक्ति विशेषलाई भने सक्दैनौं । मेस्सीलाई नै लक्षित गरेर मैले केहि भन्दिन तर उनको प्रतिनिधिबाट पनि यस विषयमा सकारात्मक छलफल भएको छ ।’

‘हामी खेलाडी मात्र नभएर अन्य स्टाफ र कर्मचारीको पनि तलब समायोजन गर्न लागेका छौँ । हामी आफूले सकेको राम्रो र सबैलाई सन्तुष्ट पार्ने हिसाबले अघि बढ्नेछौं ।’

‘हामीसँग उपलब्ध पैसा हेर्दा रंगशाला नखुलेको अवस्थामा कम्तिमा पनि ३ सय मिलियन युरो कम आम्दानी हुने आँकलन गरिएको छ । यदि दर्शक आउन पाएपनि पूर्ण रुपमा खोल्न सम्भव हुँदैन ।’

‘बार्सिलोना युरोपमै सर्वाधिक तलब दिने क्लबमा पर्छ । अहिलेको अवस्थामा हामीले युवा खेलाडीलाई प्राथमिकतामा राखेर अघि बढ्दा क्लबलाई आर्थिक रुपमा पनि सहयोग पुगेको छ । यसका लागि मैले प्राविधिक निर्देशक रामोन प्लानेस, मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान र कार्यकारी अधिकृत ओस्कार ग्राउलाई बधाई र धन्यवाद दिनुपर्छ । युवा खेलाडीकै भरमा क्लब चलाउनु सहज विषय होइन ।’

‘क्लबको सम्पूर्ण बजेटको ७० प्रतिशत तलबमा नै खर्च हुन्छ । यो निकै ठूलो रकम हो । यसलाई ठिक पार्न हामी लागिरहेका छौं ।’

बार्टोमेउको राजिनामापछि टुस्केट्सले कार्यवाहक बोर्डको नेतृत्व गरिरहेका छन् । उनको अनुसार वर्षको अन्त्यसम्म क्लबले नयाँ अध्यक्ष पाउनेछ । तर त्यसका लागि स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै र क्लबको विधानको पनि सम्मान गर्नुपर्ने उनी बताउँछन् ।

बार्सिलोनाले लिगमा पछिल्लो चार खेलमा जित हासिल गर्न सकेको छैन । तर टुस्केट्सका अनुसार जनवरीमा क्लबले नयाँ खेलाडी अनुबन्ध गर्ने योजना छैन । ‘अहिलेको अवस्थामा हामीलाई आर्थिक भार पर्ने गरि खेलाडी ल्याउने छैनौं । हामीले कुनै खेलाडी बेचेपछि मात्र किन्नेबारे सोच्नेछौं । अब नयाँ अध्यक्ष आएपछि के हुन्छ भन्न सकिन्न । अहिलेको अवस्थामा क्लबको योजनामा खेलाडी किन्ने छैन ।’

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.