default_image

3 years ago

November 3, 2020

एटलान्टा र लिभरपुल भिड्दै

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेलमा आज राति इटालियन क्लब एटलान्टाले इंग्लिस क्लब लिभरपुलको सामना गर्दैछ । खेल बरगामोमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । यि दुई टोली कुनै पनि प्रतिस्पर्धामा पहिलोपटक भिड्न लागेका हुन् । घरेलु टोली एटलान्टा इंग्लिस प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै समूहको शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । एटलान्टा ४ […]

61 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेलमा आज राति इटालियन क्लब एटलान्टाले इंग्लिस क्लब लिभरपुलको सामना गर्दैछ । खेल बरगामोमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ ।

यि दुई टोली कुनै पनि प्रतिस्पर्धामा पहिलोपटक भिड्न लागेका हुन् । घरेलु टोली एटलान्टा इंग्लिस प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै समूहको शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । एटलान्टा ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । लिभरपुल ६ अंकसहित शीर्षस्थानमा रहेको छ ।

समूह चरणको पहिलो खेलमा डेनिस प्रतिद्वन्द्वी मिड्टजेल्यान्डमाथि ४–० को जित निकालेको एटलान्टा दोस्रो खेलमा आयाक्ससँग २–२ गोलको बराबरीमा रोकिएको थियो । एटलान्टा लिभरपुललाई हराउदै जितको लय समात्ने दाउमा हुनेछ । एटलान्टासँग डुभान जापटा, जोसेस इलिसिस, एलजान्द्रो गोमेज, हान्स हाटेनबोइर, राफायल टोलोई, मारियो पासालिस, क्रिस्टियन रोमेरो र गोलरक्षक मार्काे स्पोर्टाेलो जस्ता खेलाडीको साथ रहेको छ ।

यता, लिभरपुल पनि घरेलु टोलीलाई पराजित गर्दै शतप्रतिशत जितको लक्ष्यमा मैदानमा उत्रनेछ । लिभरपुलले पनि समूहको पहिलो खेलमा आयाक्सलाई १–० ले तथा मिड्टजेल्यान्डलाई २–० ले हराएको थियो ।

लिभरपुलका लागि मोहम्मद सलाह नै मुख्य हतियार हुनेछन् । उनलाई साडियो माने, रोबर्टाे फिर्मिन्हो, डिएगो जोटा, जर्जिन्हो वाइनाल्डम, जोर्डन हेन्डरसन, एन्ड्रिउ रोबर्टसन, जोसेप गोमेज, ट्रेन्ट एलेक्सान्डर अर्नाेल्ड र गोलरक्षक एलिसन बेकरले साथ दिनेछन् । चोटका कारण भर्जिल भान डाइक टोलीमा हुनेछैनन् ।


यही समूह ‘डी’ को अर्काे खेलमा मिड्टजेल्यान्ड र आयाक्सबीच राति १ः४५ बजे नै प्रतिस्पर्धा हुनेछ ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.