default_image

3 years ago

November 3, 2020

साख्तरलाई पकड जमाउने अवसर

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको तेस्रो राउन्डको खेलमा आज मंगलबार राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ । डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख, रियल म्याड्रिड, म्यानचेस्टर सिटी, लिभरपुल र एट्लेटिको म्याड्रिडले आ–आफ्नो प्रतिद्धन्द्धीको सामना गर्दा युक्रेनी क्लब साख्तर डोनेस्कले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकको सामना गर्दैछ । साख्तर र मोन्चेनग्लाडवाकबिचको खेल एनएसके स्टेडियम किभमा हुनेछ । […]

33 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको तेस्रो राउन्डको खेलमा आज मंगलबार राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख, रियल म्याड्रिड, म्यानचेस्टर सिटी, लिभरपुल र एट्लेटिको म्याड्रिडले आ–आफ्नो प्रतिद्धन्द्धीको सामना गर्दा युक्रेनी क्लब साख्तर डोनेस्कले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकको सामना गर्दैछ ।

साख्तर र मोन्चेनग्लाडवाकबिचको खेल एनएसके स्टेडियम किभमा हुनेछ । समूह चरणको पहिलो खेलमा स्पेनिस क्लब रियल म्याड्रिडलाई ३–२ ले हराएको साख्तरले इटालियन क्लब इन्टर मिलानसँग गोलरहित बराबरी खेलेको थियो ।

यो नतिजाबाट समूहमा शीर्षस्थानमा रहेको साख्तर मोन्चेनग्लाडवाकमाथि जित निकाल्दै शीर्षस्थानमा थप पकड बनाउने योजनामा हुनेछ । साख्तरसँग टाइसन, मार्लाेस, टेटे, मानर सोलोमोन, माइकोन बार्वेरन, डुडो र गोलरक्षक एनाटोली ट्रविनको साथ रहेको छ ।

यता, मोन्चेनग्लाडवाक पनि साख्तरलाई उसकै मैदानमा हराउदै शीर्षस्थानमा उक्ले दाउमा हुनेछ । मोन्चेनग्लाडवाकको २ खेलबाट दुई अंक रहेको छ । मोन्चेनग्लाडवाकसँग उलासेन प्लेया, मार्कुस थुराम, लार्स स्टिनडिल, म्याथियस जिन्टर, स्टेफन लेइनर र गोलरक्षक याम सोम्मेर रहेका छन् ।
मार्कुस थुरामले रियल म्याड्रिडविरुद्ध दुई गोल गरेका थिए ।

यही समूहको अर्काे खेलमा रियल म्याड्रिडले घरेलु मैदानमा इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ । खेल राति १ः४५ बजे अल्फ्रेडो डि स्टेफानोमा हुनेछ । रियललाई अघिल्लो चरणको यात्रालाई यथावत राख्न इन्टरविरुद्ध जितको खाँचो छ । बराबरी या हारले रियल समूह चरणबाट बाहिरिने सम्भावना छ । रियलको दुई खेलबाट १ अंक रहेको छ ।

यता, इन्टर मिलान घरेलु टोलीलाई पराजित गर्दै समूहमा अंक तालिका थप मजवुत बनाउने लक्ष्यमा हुनेछ । इन्टरको दुई खेलबाट २ अंक रहेको छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.