default_image

3 years ago

November 3, 2020

हाजार्डको लक्ष्य च्याम्पियन्स लिगमा गोल

एजेन्सी – ला लिगामा व्यक्तिगत गोलको खडेरी तोडेका रियल म्याड्रिडका इडेन हाजार्डलाई त्यस्तै दबाब च्याम्पियन्स लिगमा पनि छ । रियलले मंगलबार च्याम्पियन्स लिगमा इन्टरको सामना गर्दा हाजार्डले गोलका लागि हरसम्भव प्रयास गर्नेछन् । युरोपियन प्रतिस्पर्धामा हाजार्ड गोल गर्ने खेलाडीको त्यो परिचय बनाउन सकेका छैनन् । सन् २०१७ को नोभेम्बर २२ यता हाजार्डले च्याम्पियन्स लिगमा गोल […]

30 views

0 Bookmark

एजेन्सी – ला लिगामा व्यक्तिगत गोलको खडेरी तोडेका रियल म्याड्रिडका इडेन हाजार्डलाई त्यस्तै दबाब च्याम्पियन्स लिगमा पनि छ । रियलले मंगलबार च्याम्पियन्स लिगमा इन्टरको सामना गर्दा हाजार्डले गोलका लागि हरसम्भव प्रयास गर्नेछन् ।

युरोपियन प्रतिस्पर्धामा हाजार्ड गोल गर्ने खेलाडीको त्यो परिचय बनाउन सकेका छैनन् । सन् २०१७ को नोभेम्बर २२ यता हाजार्डले च्याम्पियन्स लिगमा गोल गरेका छैनन् । अजरबैजानमा चेल्सीले काराबागलाई ४–० ले हराउँदा गरेको गोल नै च्याम्पियन्स लिगमा उनको अन्तिम गोल हो ।

संयोगवस इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टे त्यति बेला चेल्सीका प्रशिक्षक थिए । त्ययता १ हजार ४ सय ३९ दिन बितिसकेको छ । २०१९ मा रियलमा आबद्ध भएयता हाजार्डले च्याम्पिन्स लिगमा गोल गर्न सकेका छैनन् ।

त्यसको मुख्य कारण भनेको चोटका कारण उनी लामो समय मैदान बाहिर रहे । गत सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्धको च्याम्पिन्स लिग खेलमा उनको गोलीगाँठामा चोट लागेको थियो । थोमस मुनियरको चुनौतीमा उनी घाइते भएका थिए ।

यो वर्षको अगष्टमा उनी चोट मुक्त भएर फर्केका थिए । तर च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीसँग पराजित हुँदै रियलको यात्रा टुंगिएको थियो । चेल्सीमा हुँदा दुई पटक युरोपका कप जितेका २९ वर्षे हाजार्डले २०१९ को फाइनलमा आर्सनलविरुद्ध बाकुमा गोल गरेका थिए ।

तर, च्याम्प्यिन्स लिगमा भने उनको तथ्याङ्क सन्तोषजनक छैन । जहाँ ५१ खेलमा उनले ८ गोल मात्र गर्न सकेका छन् । चोटमुक्त भएर फर्केपछि अहिले उनीबाट गोलको अपेक्षा स्वभाविक रुपमा हुन्छ नै ।

ला लिगाको आफ्नो पहिलो खेलमै उनले हुएस्काविरुद्ध गोल गरेका थिए । सिजनको पहिलो खेलका रुपमा च्याम्पियन्स लिगमा बारुसिया मोन्चेनग्लाबाकविरुद्ध परिवर्तित खेलाडीका रुपमा उत्रता पनि उनी विपक्षीका लागि खतरा बनेका थिए ।

‘उत्कृष्ट गोलका साथ पुनरागमन गर्दा खुसी छु,’ हुएस्काविरुद्धको खेलपछि रियल म्याड्रिड टिभीमा उनले समर्थकलाई भनेका थिए, ‘यो तिम्रो लागि हो । आशा छ हाम्रो चाडै भेट हुनेछ । पछि भेट्नेछौं । पक्कै पनि गोलले मनोबल बढाउनेछ । म खुसी छु ।’

कोन्टेको टोलीले इस्टाडियो अल्फेर्डो डि स्टेफानोमा रियलको सामना गर्दा च्याम्पियन्स लिगमा गोल संख्या बढाउने हाजार्डको प्रयास हुनेछ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.