default_image

3 years ago

November 5, 2020

नेयमार बार्सिलोना नफर्कने

एजेन्सी – ब्राजिलियन स्टार नेयमार पुन: बार्सिलोनामा आबद्ध सम्भावना लगभग टुंगिएको छ । ब्राजिलियन स्टारले पेरिस सेन्ट जर्मेन (पिएसजी) सँगको सम्झौता नविकरण गर्न चाहेको प्रष्ट पारेपछि बार्सिलोना फर्कने सम्भावना लगभग अन्त्य भएको हो । बार्सिलोनाको अहलिेको आर्थिक अवस्थाका कारण आफ्नो पुनरागमन क्याम्प नोउमा सम्भव नभएको नेयमारले बुझिसकेका छन् । सन् २०१७ मा विश्व कीर्तिमानी रकममा […]

33 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन स्टार नेयमार पुन: बार्सिलोनामा आबद्ध सम्भावना लगभग टुंगिएको छ । ब्राजिलियन स्टारले पेरिस सेन्ट जर्मेन (पिएसजी) सँगको सम्झौता नविकरण गर्न चाहेको प्रष्ट पारेपछि बार्सिलोना फर्कने सम्भावना लगभग अन्त्य भएको हो ।

बार्सिलोनाको अहलिेको आर्थिक अवस्थाका कारण आफ्नो पुनरागमन क्याम्प नोउमा सम्भव नभएको नेयमारले बुझिसकेका छन् । सन् २०१७ मा विश्व कीर्तिमानी रकममा नेयमार बार्सिलोनाबाट पिएसजी पुगेका थिए । उनलाई बार्सिलोना फर्काउनको प्रयास नभएको पनि होइन । तर, सफल भएन ।

अहिले कारोना भाइरसको महामारीका कारण विश्व फुटबलका सफल र चर्चित क्लबलाई पनि आर्थिक रुपमा समस्या परिरहेको बताइन्छ । बीचमा केहि समयमा क्लबसँगका असन्तुष्ट रहेको नेयमार अहिले पिएसजीमा खुसी रहेको बताइन्छ । उनले क्लबका खेलकुद निर्देशक लियोनार्दोलाई आफुले सम्झौता नविकरण गर्न चाहेको जानकारी गराइसकेको बुझिएको छ ।

तर, पिएसजीले भने नेयमारलाई सम्झौता नविकरणका लागि उच्च प्राथमिकतामा राखेको छैन । पिएसजी अहिले केलियन एमबाप्पेको नविकरणमा केन्द्रित रहेको बताइन्छ । फ्रान्सेली युवा फरवार्डको सम्झौता २०२२ सम्म रहेको छ । रियल म्याड्रिडसँगै लिभरपुल, युभेन्ट्स र बार्सिलोनाले समेत एमबाप्पमाथि चासो राखेकाले पिएसजी उनलाई गुमाउने पक्षमा छैन ।

यो विषयमा नेयमार भने चिन्तित छैनन् । पिएसजीको व्यवस्थापनलाई नेयमारले पारिश्रमिक कटौतीका विषयमा पनि कुनै सल्लाह गरेका छैनन् । न त उनले बार्षिक ३० मिलियन युरो छाड्ने संकेत गरेका छन् ।

एमबाप्पलेको जस्तै नेयमारको सम्झौता पनि २०२२ को जुनमा समाप्त हुँदैछ । यदि सम्झौता नविकरण भएन भने उनी पनि २०२२ जनवरीबाट नयाँ क्लबसँग कुराकानी अघि बढाउन स्वतन्त्र हुनेछन् । तर पिएसजीले सम्भवत त्यस्तो चाहनेछैन ।

पिएसजीको परियोजनाका नेयमार मुख्य खेलाडी हुन् । अहिले भने उनी चोटका कारण केहि समयका लागि मैदान बाहिर छन् । लिग वन र च्याम्पियन्स लिगका केहि खेल उनले गुमाउनेछन् । पिएसजीका लागि ९१ खेल खेलिसकेका नेयमारले ७२ गोल गर्नुका साथै ४५ एसिस्ट गरेका छन् ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.