default_image

3 years ago

November 3, 2020

म्यानचेस्टर सिटीलाई ओलम्पियाकोसको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले घरेलु मैदानमा ग्रीसको क्लब ओलम्पियाकोसको आतिथ्यता गर्दैछ । खेल इतिहाद स्टेडियममा राति १ः४५ बजे हुनेछ । घरेलु टोली सिटी ओलम्पियाकोसलाई पराजित गर्दै समूह चरणको लगतार तेस्रो जित निकाल्ने दाउमा हुनेछ । समूह ‘सी’ मा सिटीले पोर्टाेलाई ३–१ ले तथा मार्सेलाई ३–० ले […]

33 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले घरेलु मैदानमा ग्रीसको क्लब ओलम्पियाकोसको आतिथ्यता गर्दैछ ।

खेल इतिहाद स्टेडियममा राति १ः४५ बजे हुनेछ । घरेलु टोली सिटी ओलम्पियाकोसलाई पराजित गर्दै समूह चरणको लगतार तेस्रो जित निकाल्ने दाउमा हुनेछ । समूह ‘सी’ मा सिटीले पोर्टाेलाई ३–१ ले तथा मार्सेलाई ३–० ले हराएको थियो ।

सिटीका लागि रहिम स्ट्रलिङ, फिल फोडेन, केभिन डि ब्रुयन, फेरान टोरेस, रोड्री, इल्केए गुन्डोगान, रुवेन डियास, केएल वाल्कर र गोलरक्षक इडसएन मोराएस टोलीमा हुनेछ । यसबाहेक सिटीसँग जोओ क्यान्सिलो, जोन स्टोन्स, रियाद महारेज, बर्नाडो सिल्भाको पनि साथ रहेको छ । चोटका कारण सर्जियो अगुइरो, गाब्रियल जेसस र फर्नान्डिन्हो टोलीमा हुनेछैनन् ।

यता, ओलम्पियाकोस पनि घरेलु टोली सिटीसँग अंक खोस्ने रणनीतिमा मैदान उत्रनेछ । पहिलो खेलमा मार्सेलाई १–० ले हराएको ओलम्पियाकोस पोर्टाेसँग २–० ले पराजित भएको थियो ।

यि दुई टोली २०१४ पछि पहिलोपटक भिड्न लागेका हुन् । मैत्रीपुर्ण खेलको च्याम्पियन्स कपमा २–२ गोलको बराबरीपछि खेल पेनाल्टी सुटआउटमा ओलम्पियाकोसले ५–४ ले आफ्नो पक्षमा पारेको थियो ।

यही समूहको अर्काे खेलमा पोर्चुगिज क्लब पोर्टाे र फ्रान्सेली क्लब मार्सेबीच राति १ः४५ बजे नै प्रतिस्पर्धा हुदैछ । पोर्टाे मार्सेलाई हराउदै अंक तालिका सुधार गर्ने दाँउमा रहँदा मार्से पोर्टाेलाई स्तब्ध पार्दै समूहमा अंकको खाता खोल्ने लक्ष्यमा हुनेछ ।

समूहमा सिटी ६ अंक जोडेर शीर्षस्थानमा रहँदा पोर्टाे र ओलम्पियाकोसको समान ३ अंक भएपनि गोल अन्तर र हेड टु हेडमा पोर्टाे दोस्रो तथा ओलम्पियाकोस तेस्रो स्थानमा रहेको छ । मार्सेले अंकको खाता खोल्न सकेको छैन ।

च्याम्पियन्स लिग खेल

समूह ‘ए’ – लोकोमोटिभ मस्कोविरुद्ध एट्लेटिको म्याड्रिड (राति ११ः४० बजे), साल्जवर्गविरुद्ध बायर्न म्युनिख (राति १ः४५ बजे)

समूह ‘बी’ – साख्तर डोनेस्कविरुद्ध बोरुसिया मोन्चेनग्लाडवाक (राति ११ः४० बजे), रियल म्याड्रिडविरुद्ध इन्टर मिलान (राति १ः४५ बजे)

समूह ‘सी’ – पोर्टाेविरुद्ध मार्से (राति १ः४५ बजे), म्यानचेस्टर सिटीविरुद्ध ओलम्पियाकोस (राति १ः४५ बजे)

समूह ‘डी’ – एटलान्टाविरुद्ध लिभरपुल (राति १ः४५ बजे), मिड्टजेल्यान्डविरुद्ध आयाक्स (राति १ः४५ बजे)

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.