default_image

3 years ago

November 3, 2020

म्याराडोना अस्पताल भर्ना

एजेन्सी – अर्जेन्टिनी फुटबल हस्ती डिएगो म्याराडोना अस्पताल भर्ना भएका छन् । असहज महसुस भएपछि उनी ला प्लाटाको अस्पताल इपेन्सामा भर्ना गरिएको हो । म्याराडोनाले केही दिन अघि मात्रै आफ्नो ६०औं जन्मदिन मनाएका थिए । उनले आफ्नो टोली गिमनासिया ला प्लाटालाई ३० अक्टोवरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए । यद्दपि उनले आफुलाई अस्वस्थ […]

48 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फुटबल हस्ती डिएगो म्याराडोना अस्पताल भर्ना भएका छन् । असहज महसुस भएपछि उनी ला प्लाटाको अस्पताल इपेन्सामा भर्ना गरिएको हो ।

म्याराडोनाले केही दिन अघि मात्रै आफ्नो ६०औं जन्मदिन मनाएका थिए । उनले आफ्नो टोली गिमनासिया ला प्लाटालाई ३० अक्टोवरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए । यद्दपि उनले आफुलाई अस्वस्थ महसुस गर्दै चाँडै नै टचलाईन छाडेका थिए ।

इएसपिएनका अनुसार म्याराडोनाको अवस्था राम्रो देखिदैनथ्यो र केही उदास थिए । सोही कारण पनि उनी अस्पताल भर्ना हुन पुगेका हुन् । म्याराडोनाको निजी चिकित्सक डाक्टर लियोपोल्डो लुकले उनको अवस्था गम्भिर नरहेको र उनको स्वास्थ्यबारे तत्कालै जानकारी दिने उल्लेख गरिएको छ ।

आफ्नो ६०औं जन्मदिनको अवसरमा अस्वभाविक खानपिनका कारण उनको स्वास्थ्यमा समस्या देखिएको हुन सक्ने आँकलन गरिएको छ । म्याराडोनाको जन्मदिनमा उनलाई क्रिस्टियानो रोनाल्डोदेखि पेलेसम्मका स्टारले शुभकामना दिएका थिए ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.