default_image

3 years ago

November 3, 2020

फुटबल टोलीका थप दुई खेलाडीमा कोरोना

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीका थप दुई खेलाडीमा कोरोना संक्रमण देखिएको छ । बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण गरिरहेको टोलीमा यसअघि ५ खेलाडीलाई संक्रमण देखिएको थियो । दशरथ रंगशालामा पछिल्लो एक सातायता प्रशिक्षणरत टोलीमा कुल ७ खेलाडीमा संक्रमण देखिएसँगै अब खेल हुने नहुनेमा पनि आशंका बढेको छ । ३४ खेलाडी सम्मिलित प्रारम्भिक टोलीमा ७ खेलाडी कोरोना संक्रमण लागेपछि अब अन्य खेलाडीमा पनि सर्ने डर बढेको छ । पहिलो दिनको प्रशिक्षणअघि नै ४ खेलाडी आइसोलेसनमा बसेका थिए । पहिलो दिन […]

33 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीका थप दुई खेलाडीमा कोरोना संक्रमण देखिएको छ । बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण गरिरहेको टोलीमा यसअघि ५ खेलाडीलाई संक्रमण देखिएको थियो ।

दशरथ रंगशालामा पछिल्लो एक सातायता प्रशिक्षणरत टोलीमा कुल ७ खेलाडीमा संक्रमण देखिएसँगै अब खेल हुने नहुनेमा पनि आशंका बढेको छ । ३४ खेलाडी सम्मिलित प्रारम्भिक टोलीमा ७ खेलाडी कोरोना संक्रमण लागेपछि अब अन्य खेलाडीमा पनि सर्ने डर बढेको छ ।

पहिलो दिनको प्रशिक्षणअघि नै ४ खेलाडी आइसोलेसनमा बसेका थिए । पहिलो दिन प्रशिक्षणपछि थप एक खेलाडीमा संक्रमण पुष्टि भएको थियो । त्यस्तै मंगलबार दिउँसो गरिएको परिक्षणमा थप दुई खेलाडीमा संक्रमण देखिएको छ । टोली केहि दिनमा नै बंगलादेश प्रस्थान गर्ने भनेपनि अब संक्रमण बढेसँगै त्यसमा परिवर्तन आउने सम्भावना रहेको छ ।

टोलीको प्रस्थानका लागि मंगलबार गरिएको स्वाब परिक्षणमा बंगलादेश प्रस्थान गर्ने तयारीमा रहेको दुई संचारकर्मीलाई पनि संक्रमण देखिएको एन्फाले जनाएको छ । मैत्रीपूर्ण खेलका लागि प्रस्थान गर्ने सबै खेलाडी र अफिसियलको परिक्षण गरिएको थियो ।

मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा बालगोपाल महर्जनले टोलीको प्रशिक्षण सम्हालिरहेका छन् । उनले सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलरक्षक प्रशिक्षक विकास मल्लसँग टोलीको प्रशिक्षण हेरिरहेका छन् । नेपालले नोभेम्बर १३ र १७ तारिखमा ढाकास्थित बंगबंधु रंगशालामा खेल्ने कार्यक्रम रहेको छ ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.