default_image

3 years ago

November 4, 2020

लेवान्डोस्की चम्कदा बायर्नको आधादर्जन गोल

एजेन्सी – डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले च्याम्पियन्स लिगमा अपराजित यात्रालाई १४ खेलसम्म लम्ब्याउदा समूह चरणको तेस्रो खेलमा अष्ट्रियन क्लब साल्जवर्गमाथि फराकिलो जित हात पारेको छ । बायर्नले साल्जवर्गलाई उसकै मैदानमा ६–२ को पूनरागमन जित हात पारेको हो । बायर्नको एकपक्षीय जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा जेरोमी बोएटिङ, लिरोए साने र लुकास हर्नान्डेजले गोल […]

42 views

0 Bookmark

एजेन्सी – डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले च्याम्पियन्स लिगमा अपराजित यात्रालाई १४ खेलसम्म लम्ब्याउदा समूह चरणको तेस्रो खेलमा अष्ट्रियन क्लब साल्जवर्गमाथि फराकिलो जित हात पारेको छ ।

बायर्नले साल्जवर्गलाई उसकै मैदानमा ६–२ को पूनरागमन जित हात पारेको हो । बायर्नको एकपक्षीय जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा जेरोमी बोएटिङ, लिरोए साने र लुकास हर्नान्डेजले गोल गरे । एक गोल उपहार पाएको थियो । घरेलु टोलीका मेर्गिम बेरिसा र मासाया ओकुगावाले गोल फर्काए ।

रेडबुल एरिना वाल्समा मंगलबार रासत भएको खेलमा घरेलु टोलीले खेलको चौथो मिनेटमा नै मेर्गिमको गोलबाट अग्रता लिएको थियो । तर, घरेलु टोली त्यो अग्रतालाई रोबर्ट लेवान्डोस्कीले २१औं मिनेटमा पेनाल्टीमार्फत बराबरीमा ल्याए । ४४औं मिनेटमा रसमुस क्रिसटेनसेनले आत्मघाती गोल गरेपछि बायर्नले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।

६६औं मिनेटमा मासाया ओकुगावाले आन्द्र रमलहो सिल्भाको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । तर त्यसपछि बायर्नले चार गोल गर्दै घरेलु टोलीमथि सानदार जित निकाले ।

७९औं मिनेटमा योसुवा किम्मिखको पासमा जेरोमी बोएटिङले गोल गर्दै बायर्नलाई ३–२ ले अघि बढाए । ८३औं मिनेटमा योसुवा किम्मिखकै पासमा लिरोए सानेले गोल गरेपछि बायर्न सहज जिततर्फ अघि बढ्यो ।

बायर्न यतिमै रोकिएन । ८८औं मिनेटमा जेभियर मार्टिनेजको पासमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ५–२ ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लुकास हर्नान्डेजले गोल गर्दै बायर्नलाई ६–२ को फराकिलो जित दिलाए ।

लगातार तेस्रो जितसँगै बायर्न ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ४ अंकसहित एट्लेटिको म्याड्रिड दोस्रो स्थानमा रहेको छ । लोकोमोटिभको २ तथा साल्जवर्गको १ अंक रहेको छ ।

यही समूह ‘ए’ को अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र रसियन क्लब लोकोमोटिभले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.