default_image

3 years ago

November 4, 2020

जोटाको ह्याट्रिकमा लिभरपुलको सानदार जित

एजेन्सी – पोर्चुगिज फरवार्ड डिएगो जोटाको ह्याट्रिक सहयोगमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब एटलान्टालाई उसकै मैदानमा ५–० को सानदार जित हात निकालेको छ । अर्काे दुई गोल मोहम्मद सलाह र साडियो मानेको नाममा रह्यो । लिभरपुलले खेलको ५४ मिनेटभित्रै ५ गोल गर्न सफल भएको थियो । गेविस स्टेडियम बरगामोमा मंगलबार राति भएको एकपक्षीय खेलमा लिभरपुलले […]

57 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड डिएगो जोटाको ह्याट्रिक सहयोगमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब एटलान्टालाई उसकै मैदानमा ५–० को सानदार जित हात निकालेको छ ।

अर्काे दुई गोल मोहम्मद सलाह र साडियो मानेको नाममा रह्यो । लिभरपुलले खेलको ५४ मिनेटभित्रै ५ गोल गर्न सफल भएको थियो । गेविस स्टेडियम बरगामोमा मंगलबार राति भएको एकपक्षीय खेलमा लिभरपुलले खेलको १६औं मिनेटमा डिएगो जोटाको गोलबाट अग्रता लिन सफल भएको थियो । उनले ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डको पासमा गोल गर्न सफल भएका थिए ।

३३औं मिनेटमा जोटाले जोसेप गोमेजको पासमा गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ४७औं मिनेटमा मोहम्मद सलाहले कर्टिस जोन्सको पासमा गोल गरेपछि लिभरपुल ३–० ले अघि बढ्यो । त्यसको दुई मिनेट पछि नै सलाहको पासमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ४–० ले अघ बढाए ।

५४औं मिनेटमा साडियो मानेको पासमा जोटाले ह्याट्रिक पुरा गरेपछि लिभरपुलले ५–० को जित दर्ता गर्न सफल भयो । यसै समयरमा लिभरपुल आएपछि जोटाको यो पहिलो ह्याट्रिक हो । घरेलु टोली एटलान्टाले लिभरपुलको पोस्टमा केही आक्रमण बुनेपनि गोलरक्षक एलिसन बेकर बाधक बने ।

६३औं मिनेटमा डुभान जापटाको प्रहार पोस्टमा लागेर फर्कदा एटलान्टा अग्रता कम गर्नबाट चुक्यो । ६८औं मिनेटमा जापटाकै प्रहारमा गोलरक्षक एलिसन बेकर बाधक बने । ७२औं मिनेटमा रोबर्टाे फिर्मिनोको प्रहारलाई पेनाल्टी बक्समा डिफेन्डरले ब्लक गरिदिए ।

८२औं मिनेटमा मालिनोभ्स्कीको पासमा जापटाको अर्काे प्रहारलाई गोलरक्षक एलिसनले सहजै नियन्त्रणमा लिदै एटलान्टालाई निराश पारे । ८९औं मिनेटमा मालिनोभ्स्कीको कर्नरलाई रुगेरीलाई सदुपयोग गर्न नसक्दा घरेलु मैदानमा फराकिलो हार बेहोर्ना बाध्य बन्यो ।

यो जितसँगै समुहमा अपराजित रहेको लिभरपुल ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ४ अंक भएपनि आयाक्स दोस्रो तथा र एटलान्टा तेस्रो स्थानमा रहेको छ । मिड्टजेल्यान्डको अंकको खाता खोल्न सकेको छैन ।

यही समूह ‘डी’ को अर्काे खेलमा डच क्लब आयाक्सले डेनिस क्लब मिड्टजेल्यान्डमाथि २–१ को जित निकालेको छ । आयाक्सको जितमा एन्टोनी र डुसान टाडिकले गोल गरे । घरेलु टोलीका एन्ड्रेस ड्रेयरले एक गोल फर्काए ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.