default_image

3 years ago

November 4, 2020

जेससको पूनरागमन गोलमा सिटीको सहज जित

एजेन्सी – चोटपछि पूनरागमन गरेको खेलमै ब्राजिली फरवार्ड गाब्रियल जेससले गोल गरेपछि इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएएफए च्याम्पियन्स लिगको समूह चरणमा लगतार तेस्रो जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा सिटीले ओलम्पियाकोसमाथि ३–० को सहज जित हात पारेको हो । बाँकी गोल फेरान टोरेस र जोआओ क्यान्सिलोको नाममा रह्यो । […]

39 views

0 Bookmark

एजेन्सी – चोटपछि पूनरागमन गरेको खेलमै ब्राजिली फरवार्ड गाब्रियल जेससले गोल गरेपछि इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएएफए च्याम्पियन्स लिगको समूह चरणमा लगतार तेस्रो जित निकालेको छ ।

घरेलु मैदान इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा सिटीले ओलम्पियाकोसमाथि ३–० को सहज जित हात पारेको हो । बाँकी गोल फेरान टोरेस र जोआओ क्यान्सिलोको नाममा रह्यो ।

खेलको १२औं मिनेटमा नै केभिन डि ब्रुयनको पासमा फेरान टोरेसले गोल गर्दै सिटीलाई अघि बढाएका थिए । खेलको सुरुमै अग्रता लिएपछि सिटीले दोस्रो गोलको लागि दोस्रो हाफको अन्त्यतिरको समय नै कुर्नु परेको थियो ।

२७औं मिनेटमा रहिम स्ट्रलिङको प्रहार ओलम्पियाकोसका गोलरक्षक जोश साले बचाए । ५४औं मिनेटमा ओलम्पियाकोसले बराबरीको अवसर पाएपनि सदुपयोग गर्न सकेन । ८१औं मिनेटमा सब्सिच्युट जेससले केभिन डि ब्रुयनकै पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

उनी ६९औं मिनेटमा रियाद महारेजको स्थानमा मैदान छिरेका थिए । चोटका कारण उनी एक महिना मैदान बाहिर रहेका थिए । तर, पुनरागमनमै गोल गरेपछि सिटीले आइतबार लिभरपुलविरुद्धको खेलको लागि तयार रहेको संकेत दिएको छ ।

९०औं मिनेटमा फेलिक्स मेचाको पासमा जोआओ क्यान्सिलोले गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए । जितसँगै सिटीको समूह ‘सी’ मा तीन खेलबाट ९ अंक पुगेको छ । पराजित ओलम्पियाकोस ३ अंकसपहित तेस्रो स्थानमा रहेको छ ।

यही समुहको अर्काे खेलमा पोर्चुगिज क्लब एफसी पोर्टाेले फ्रान्सेली क्लब मार्सेमाथि ३–० कै जित हात पारेको छ । पोर्टाेको जितममा मोउसा मरेगा, सर्जियो ओलिभेरा र लुइस डियाजले गोल गरे ।

मार्सेका डिमिट्री पायन पेनाल्टीमा चुकेको थियो । यो नतिजासँगै पोर्टाे ६ अंक जोडेर दोस्रो स्थानमा उक्लदा मार्से अंकविहीन हुदै पुछारमा छ ।

च्याम्पियन्स लिग नतिजा

समूह ‘ए’ – लोकोमोटिभ मस्कोविरुद्ध एट्लेटिको म्याड्रिड (१–१), साल्जवर्गविरुद्ध बायर्न म्युनिख (२–)

समूह ‘बी’ – साख्तर डोनेस्कविरुद्ध बोरुसिया मोन्चेनग्लाडवाक (०–), रियल म्याड्रिडविरुद्ध इन्टर मिलान (–२)

समूह ‘सी’ – पोर्टाेविरुद्ध मार्से (–०), म्यानचेस्टर सिटीविरुद्ध ओलम्पियाकोस (–०)

समूह ‘डी’ – एटलान्टाविरुद्ध लिभरपुल (०–), मिड्टजेल्यान्डविरुद्ध आयाक्स (१–)

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.