default_image

3 years ago

November 4, 2020

नेयमारविनाको पीएसजी लाइप्जिगसँग खेल्दै

एजेन्सी – च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेलमा साविकको उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जर्मन क्लब आरबी लाइप्जिगको सामना गर्दैछ । खेल रेडबुल एरिना लाइप्जिग जर्मनीमा राति १ः४५ बजे हुनेछ । दुई खेलमा १ जित र १ हारको नजितासहित दोस्रो स्थानमा रहेको पीएसजी घरेलु टोलीलाई पराजित गर्दै अघिल्लो चरणको यात्रालाई थप मजबुत […]

34 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेलमा साविकको उपविजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जर्मन क्लब आरबी लाइप्जिगको सामना गर्दैछ ।

खेल रेडबुल एरिना लाइप्जिग जर्मनीमा राति १ः४५ बजे हुनेछ । दुई खेलमा १ जित र १ हारको नजितासहित दोस्रो स्थानमा रहेको पीएसजी घरेलु टोलीलाई पराजित गर्दै अघिल्लो चरणको यात्रालाई थप मजबुत बनाउने लक्ष्यमा हुनेछ ।

तर, टोलीसँग मुख्य खेलाडी नेयमार जुनियर हुनेछैन । नेयमार चोटका कारण टोली बाहिर रहेका छन् । नेयमारले इस्तानबुल बेसाकसेहिरमाथि २–० को जित निकालेको खेलको २६औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएका थिए ।

तर, पीएसजीसँग केलियन एमबाप्पे, एन्जल डि मारिया, मोइस किन, माकिन्हस, एन्डर हेरेरा, प्रेननेल केम्पेम्वे, लेभिन कुर्जावा र गोलरक्षक केलर नाभासको साथ रहेको छ । पाब्लो साराबिया, राफिन्हा, थिलो केरहर, इड्रिसा गाना गुयापनि टोलीमा रहेका छन् ।

यता, घरेलु टोली लाइप्जिग म्यानचेस्टर युनाइटेडसँगको ५–० को हारको पीडालाई भुल्दै पीएसजीविरुद्ध जित निकाल्ने लक्ष्यमा हुनेछ । टोलीसँग युसुफ पलसेन, क्रिस्टोफोर एनकोकु, ड्यानियल ओल्मो, इमिल फोर्सवर्ग, एन्जेलिनो र गोलरक्षक पिटर गुलाक्सी रहेका छन् ।

यही समूह ‘एच’ को अर्काे खेलमा राति ११ः४० बजे इस्तानबुल बेसाकसेहिरविरुद्ध म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुदैछ । समूहमा युनाइटेड ६ अंक जोडेर शीर्षस्थानमा रहँदा समान ३ अंक भएपनि पीएसजी दोस्रो तथा लाइप्जिग तेस्रो स्थानमा रहेको छ । इस्तानबुल पुछारमा रहेको छ ।

च्याम्पियन्स लिग खेल

समूह ‘ई’ – चेल्सीविरुद्ध रेनेस (राति १ः४५ बजे), सेभियाविरुद्ध क्रास्नाडोर (राति १ः४५ बजे)

समुह ‘एफ’ – जेनिथविरुद्ध लाजियो (राति ११ः४० बजे) क्लब ब्रगविरुद्ध बोरुसिया डर्टमुन्ड (राति १ः४५ बजे)

समूह ‘जी’ – बार्सिलोनाविरुद्ध डाइनामो किएभ (राति १ः४५ बजे), फेरेन्कभारोसविरुद्ध युभेन्ट्स (राति १ः४५ बजे)

समूह ‘एच’ – इस्तानबुल बेसाकसेहिरविरुद्ध म्यानचेस्टर युनाइटेड (राति ११ः४० बजे), आरबी लाइप्जिगविरुद्ध पीएसजी (राति १ः४५ बजे)

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.