3 years ago
November 4, 2020
एजेन्सी – अर्जेन्टिना फुटबलका हस्ती तथा लेजेण्ड फरवार्ड डिएगो म्याराडोनाको मस्तिष्कमा देखिएको ब्लड क्लटको (रगत जमेको अवस्था) सफल शल्यक्रिया गरिएको छ । अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको सफल शल्यक्रिया गरिएको हो । ६० वर्षीय म्याराडोना अस्वस्थ्य भएपछि सोमबार अस्पताल भर्ना भएका थिए । सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो । […]
एजेन्सी – अर्जेन्टिना फुटबलका हस्ती तथा लेजेण्ड फरवार्ड डिएगो म्याराडोनाको मस्तिष्कमा देखिएको ब्लड क्लटको (रगत जमेको अवस्था) सफल शल्यक्रिया गरिएको छ ।
अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको सफल शल्यक्रिया गरिएको हो । ६० वर्षीय म्याराडोना अस्वस्थ्य भएपछि सोमबार अस्पताल भर्ना भएका थिए । सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो ।
सफल शल्यक्रियापछि म्यारोडोना अस्पतालमै आराम गरिरहेका छन् । म्याराडोनाले केही दिनअघि मात्रै आफ्नो ६०औं जन्मदिन मनाएका थिए । म्याराडोनाको जन्मदिनमा उनलाई क्रिस्टियानो रोनाल्डोदेखि पेलेसम्मका स्टारले शुभकामना दिएका थिए ।
उनले आफ्नो टोली गिमनासिया ला प्लाटालाई ३० अक्टोवरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए । यद्दपि उनले आफुलाई अस्वस्थ महसुस गर्दै चाँडै नै टचलाईन छाडेका थिए ।
यसअघि म्याराडोना कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा रहेका थिए । उनको बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फ आइसोलेसनमा बसेका थिए । म्याराडोनाले ६०औं जन्म दिन समेत आइसोलेसनमा मनाएका थिए । म्यारोडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।
April 18, 2024
एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।बुधबार लामालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट ५ वर्षको कैद सजाय तोकिएयता उनी फरार थिए। पछिल्लो समय उनी एन्फा कार्यसमिति बैठक र साधारण सभामा पनि अनुपस्थित थिए। पछिल्लो साताबाट भने लामा सामाजिक […]