default_image

3 years ago

November 4, 2020

युनाइटेडलाई बेसाकसेहिरको चुनौती

एजेन्सी – युइएएफए च्याम्पियन्स लिगमा आज बुधबार राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले टर्किस क्लब इस्तानबुल बेसाकसेहिरको भ्रमणमा निस्कदैछ । खेल राति ११ः४० बजे इस्तानबुलमा हुनेछ । घरेलु टोलीलाई पराजित गर्दै युनाइटेड समूह चरणमा लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ । युनाइटेडले यसअघि फ्रेन्च क्लब पीएसजीलाई २–१ ले तथा जर्मन क्लब आरबी लाइप्जिगमाथि ५–० को फराकिलो जित […]

31 views

0 Bookmark

एजेन्सी – युइएएफए च्याम्पियन्स लिगमा आज बुधबार राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले टर्किस क्लब इस्तानबुल बेसाकसेहिरको भ्रमणमा निस्कदैछ ।

खेल राति ११ः४० बजे इस्तानबुलमा हुनेछ । घरेलु टोलीलाई पराजित गर्दै युनाइटेड समूह चरणमा लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ । युनाइटेडले यसअघि फ्रेन्च क्लब पीएसजीलाई २–१ ले तथा जर्मन क्लब आरबी लाइप्जिगमाथि ५–० को फराकिलो जित हात पारेको थियो ।

प्रिमियर लिगमा औसतको प्रदर्शन गरेपनि च्याम्पियन्स लिगमा सुरुवाती दुई खेलमा नै जित हात पारेको युनाइटेड सोही जितको लयलाई निरन्तरता दिने दाउमा हुनेछ । लाइप्जिगविरुद्ध ह्याट्रिक पुरा गरेका मार्कस रासफोर्ड नै टोलीको मुख्य हतियार हुनेछ ।

एन्थोनी मार्सियल, ब्रुनो फर्नान्डेस, पल पोग्वा, फ्रेड, लुके सा, ह्यारी मिगुएर, आरोना वान बिशाखा र गोलरक्षक डेभिड हे गेया टोलीमा रहनेछ । यस्तै युनाइटेडसँग मासन ग्रीनवुड, नेमान्जा माटिक, स्कट म्याटोमिने, डोनी भान डि बिक, इडिन्सन काभानी पनि रहेका छन् ।

यता, घरेलु टोली इस्तानबुल पनि युनाइटेडलाई स्तब्ध पार्दै समूहको पहिलो अंकको खोजीमा हुनेछ । बेसाकसेहिर कम्तीमा पनि युनाइटेडलाई बराबरीमा रोक्न चहान्छ । इस्तानबुल लाइप्जिग र पीएसजीसँग समान २–० ले पराजित भएको थियो ।

यही समूह ‘एच’ को अर्काे खेलमा जर्मन क्लब आरबी लाइप्जिग र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच राति १ः४५ बजे प्रतिस्पर्धा हुदैछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.