default_image

3 years ago

November 4, 2020

बार्सिलोनालाई पकड जमाउने अवसर

एजेन्सी – युइएएफए च्याम्पियन्स लिगमा आज बुधबार राति क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा युक्रेनी क्लब डेनामो किएभको आतिथ्यता गर्दैछ । खेल नोउ क्याम्पमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । डेनामो किभएका पहिलो रोजाईका अधिकांश खेलाडीलाई कोरोना पुष्टि भएपछि खेल हुने नहुने शंकाकाबीच अन्य खेलाडीमा कोरोना नदेखिएपछि खेल हुने पक्का भएको हो । किएभ दोस्रो […]

28 views

0 Bookmark

एजेन्सी – युइएएफए च्याम्पियन्स लिगमा आज बुधबार राति क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदानमा युक्रेनी क्लब डेनामो किएभको आतिथ्यता गर्दैछ ।

खेल नोउ क्याम्पमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । डेनामो किभएका पहिलो रोजाईका अधिकांश खेलाडीलाई कोरोना पुष्टि भएपछि खेल हुने नहुने शंकाकाबीच अन्य खेलाडीमा कोरोना नदेखिएपछि खेल हुने पक्का भएको हो ।

किएभ दोस्रो रोजाईका केही खेलाडी लिएर नोउक्याम्प आइसकेको छ । यस्तोमा घरेलु टोली बार्सिलोना किएभमाथि फराकिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । च्याम्पियन्स लिगको समूह चरणको दुवै खेलमा सफलता हात पारेको बार्सिलोना लगातार तेस्रो जितको खोजीमा हुनेछ । बार्सिलोनाले फेरेन्कभारोसलाई ५–१ ले तथा युभेन्ट्सलाई २–० ले हराएको थियो ।

बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सी नै टोलीको मुख्य हतियार हुनेछ । अन्सु फाती, औसमाने डेम्वेले, पेड्री, एन्टोइन ग्रिजमन, मिरालेम प्यानिच, फ्रान्की डि जोङ, जोर्डी अल्वा, क्लेमेन्ट लेङ्लेट, सर्जियो रोबर्टाे र गोलरक्षक नेटो टोलीमा रहेका छन् । जेरार्ड पिके, सजिन्हो डेस्ट, सर्जियो बुस्क्वेट्स, जुनियर फिर्पाे र रोनाल्ड एराउजो पनि टोलीमा रहेका छन् ।

यता, पहिलो रोजाईको खेलाडीविना बार्सिलोनाविरुद्ध उत्रन लागेको डेनामो किभएको लक्ष्य कम्तीमा पनि बराबरीको हुनेछ । युभेन्ट्ससँग २–० ले पराजित भएपनि किएभले फेरेन्कभारोससँग २–२ गोलको बराबरी खेल्दै अंक जोडेको छ । कार्लाेस डि पेना, भ्लादिमिर सेपेलेभ, ओलेक्सान्डर स्योरोटा र डेनी पोपोभ किएभसँग रहेका छन् ।

यही समूह ‘जी’ को अर्काे खेलमा हंगेरियन क्लब फेरेन्कभारोसले इटालियन क्लब युभेन्ट्ससँग राति १ः४५ बजे प्रतिस्पर्धा गर्दैछ । समूहमा बार्सिलोना ६ अंक जोडेर शीर्षस्थानमा रहँदा युभेन्ट्स ३ अंकसहित दोस्रो स्थानमा रहेको छ । किएभ र फेरेन्कभारोसको समान १ अंक रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.