default_image

3 years ago

November 4, 2020

युभेन्ट्स र फेरेन्कभारोस भिड्दै

एजेन्सी – च्याम्पियन्स लिगको समूह चरणको तेस्रो राउन्डको खेलमा उपाधिको दावेदार युभेन्ट्सले आज राति हंगेरियन क्लब फेरेन्कभारोसको सामान गर्दैछ । खेल पुस्कार एरिना बुढापेस्ट हंगेरीमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु टोलीलाई हराउदै युभेन्ट्स अर्काे चरणको यात्रालाई थप मजवुत बनाउने लक्ष्यमा हुनेछ । टोली स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो फर्र्किएपछि हौसिएका छन् । कोरोना […]

42 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिगको समूह चरणको तेस्रो राउन्डको खेलमा उपाधिको दावेदार युभेन्ट्सले आज राति हंगेरियन क्लब फेरेन्कभारोसको सामान गर्दैछ ।

खेल पुस्कार एरिना बुढापेस्ट हंगेरीमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु टोलीलाई हराउदै युभेन्ट्स अर्काे चरणको यात्रालाई थप मजवुत बनाउने लक्ष्यमा हुनेछ । टोली स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो फर्र्किएपछि हौसिएका छन् ।

कोरोना संक्रमणका कारण चार खेल गुमाएका रोनाल्डोले स्पेजियाविरुद्धको खेलबाट पुनरागमन गर्दै दुई गोल गर्न सफल भएका थिए । कोरोनाकै कारण रोनाल्डोले बार्सिलोनासँग २–० ले पराजित भएको खेल गुमाएका थिए ।

टोलीमा रोनाल्डोसँगै अल्भारो मोराटा, पाउलो डिब्याला, फेडरिको चियसा, अर्थर, वेस्टन म्याककिन्ने, डानिलो, लियोनार्दाे बोनुची, जुआन कोर्डाडो र गोलरक्षक जियानलुजी बुफोन हुनेछन् । आरोन राम्से, एड्रियन राबिओट, रोड्रिगो बेन्टानकर र डिजान कुलुसेभ्स्की पनि टोलीमा रहेका छन् ।

यता, घरेलु टोली फेरेन्कभारोस पनि युभेन्ट्सलाई स्तब्ध पार्दै पहिलो जितको लक्ष्यमा हुनेछ । टोलीसँग इसाइल, टोकमाक चोक नुगेल, ओलेक्सान्डर जुवकव, सोमालिया, मिहा ब्लाजिक र गोलरक्षक डेनिस डिबस्ज रहेका छन् ।

बार्सिलोनासँग ५–१ ले पराजित हुदा फेरेन्कभारोसले डेनामो किएभसँग २–२ गोलको बराबरी खेलेको थियो । समूह ‘जी’ मा बार्सिलोना ६ अंक जोडेर शीर्षस्थानमा रहँदा युभेन्ट्स ३ अंकसहित दोस्रो स्थानमा रहेको छ । किएभ र फेरेन्कभारोसको समान १ अंक रहेको छ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.