default_image

3 years ago

November 4, 2020

चेल्सी र रेनेस भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह ‘ई’ को तेस्रो चरणको खेलमा इंग्लिस क्लब चेल्सीले फ्रेन्च क्लब रेनेससँग घरेलु मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजे प्रतिस्पर्धा गर्दैछ । समूहमा एक जित र बराबरीसहित ४ अंक जोडेर शीर्षस्थानमा रहेको चेल्सी रेनेसलाई पराजित गर्दै शीर्षता बढाउने लक्ष्यमा हुनेछ । पछिल्लो ९ खेलमा अपराजित रहेको चेल्सी सोही लयलाई निरन्तरता […]

49 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह ‘ई’ को तेस्रो चरणको खेलमा इंग्लिस क्लब चेल्सीले फ्रेन्च क्लब रेनेससँग घरेलु मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजे प्रतिस्पर्धा गर्दैछ ।

समूहमा एक जित र बराबरीसहित ४ अंक जोडेर शीर्षस्थानमा रहेको चेल्सी रेनेसलाई पराजित गर्दै शीर्षता बढाउने लक्ष्यमा हुनेछ । पछिल्लो ९ खेलमा अपराजित रहेको चेल्सी सोही लयलाई निरन्तरता दिने लक्ष्यमा समेत रहनेछ ।

यस्तै चेल्सीले पछिल्लो चार खेलमा कुनै गोल आएको छैन । रेनेसविरुद्ध चेल्सीका टिमो वेर्नर, काई हार्भटज, कुल हड्सन ओडोई, हाकिम जियाच, मासन माउन्ट, एङगोलो कान्टे, कप्तान सिजर एज्पेलेक्वेटा र गोलरक्षक इडुआर्ड मेन्डी रहनेछन् । आफ्नो पूर्वक्लबविरुद्ध उत्रन लागेका मेन्डीले पछिल्लो चार खेलमा क्लिनसिट राखेका छन् ।

चोटका कारण क्रिस्टियन पुलिसिस रेनेसविरुद्धको खेलमा हुनेछैन । भेट्रान डिफेन्डर थियागो सिल्भा, रिस जेम्स, कोर्ट जोउमा, बिन चिलवेल, ट्याम्मी अब्राहम, ओलिभर जिरुड र जर्गिन्हो पनि टोलीमा रहेका छन् ।

यता, एक अंकसहित पुछारमा रहेको रेनेस पनि चेल्सीलाई हराउदै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । चोटका कारण मिडफिल्डर इडुआर्डाे कामाभिंगा र ड्यानिले रुगानी टोलीमा हुनेछैनन् । जेरेमी डोकु, सेरोउ गुइरासे, मार्टिन टेरिएर, डाल्बर्ट, डामिन डा सिल्भा, हामरी ट्राओरे र गोलरक्ष अल्फ्रेड गोमिस टोलीमा हुनेछ ।

यही समुहको अर्काे खेलमा स्पेनिस क्लब सेभिल्ला र रसियन क्लब क्रास्नाडोरबीच राति १ः४५ बजे नै प्रतिस्पर्धा हुदैछ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.