default_image

3 years ago

November 6, 2020

सिटीले मेस्सी भित्राउन पुनः प्रयास गर्ने

एजेन्सी– म्यानचेस्टर सिटीले बार्सिलोनाका सुपरस्टार लिओनेस मेस्सीलाई भित्राउन जनवरीको सुरुवा बजारमा पुनः प्रयास गर्ने भएको छ । यसअघिको सरुवा बजारमा मेस्सीलाई भित्राउन सिटीको योजना सफल हुन सकेको थिएन । मेस्सीले पत्र लेखेर क्लब छाड्न चाहेको बताएका थिए । तर, बार्सिलोनाले सरुवाका लागि सम्झौतामा उल्लेख ७ सय मिलियन युरो तिर्नुपर्ने बताएपछि मेस्सी पछि हटेका थिए । […]

47 views

0 Bookmark

एजेन्सी– म्यानचेस्टर सिटीले बार्सिलोनाका सुपरस्टार लिओनेस मेस्सीलाई भित्राउन जनवरीको सुरुवा बजारमा पुनः प्रयास गर्ने भएको छ । यसअघिको सरुवा बजारमा मेस्सीलाई भित्राउन सिटीको योजना सफल हुन सकेको थिएन ।

मेस्सीले पत्र लेखेर क्लब छाड्न चाहेको बताएका थिए । तर, बार्सिलोनाले सरुवाका लागि सम्झौतामा उल्लेख ७ सय मिलियन युरो तिर्नुपर्ने बताएपछि मेस्सी पछि हटेका थिए । व्यावसायिक खेल जीवनको सुरुवात गर्दै थुप्रै सफलता प्राप्त गरेको क्लबसँग थप विवाद नगर्ने भन्दै मेस्सीले तत्कालका लागि बार्सिलोना नछाड्ने निर्णय गरेका थिए ।

सन् २०२१ को जुनमा बार्सिलोनासँगको मेस्सीको सम्झौता सकिँदैछ । त्यसअर्थ जनवरीको सरुवा बजारमा मेस्सीले नयाँ क्लबमा जाने विषयमा छलफल गर्न पाउनेछन् । मेस्सी सिटी गएको खण्डमा पूर्व प्रशिक्षक पेप ग्वार्डिओलासँग फेरि एकपटक उनको सहकार्य हुनेछ । सिटीले जनवरीका लागि सम्झौताको प्रस्ताव गर्ने तयारी गरिरहेको बताइएको छ । यदि सम्झौता भएको खण्डमा ६ पटकका बालोन डी’ओर विजेता मेस्सीले यसै सिजन प्रिमियर लिग खेल्नेछन् ।

बार्सिलोनाका तत्कालिन अध्यक्ष जोसेप मारिया बोर्टोमेउले पदबाट राजीनामा दिइसकेकोले अब मेस्सीले क्लब छाड्दैनन् भन्ने समर्थकहरुको विश्वास रहेको अनुमान गरिएको छ । बार्सिलोनामा क्रिसमको आसपासमा नयाँ अध्यक्ष निर्वाचित हुने अपेक्षा गरिएको छ ।

सिटीको बुझाईमा बार्सिलोना र मेस्सीबीच सम्झौता नविकरणको सम्भावना कम छ । कोरोनाका कारण उत्पन्न कठीन परिस्थितिले अन्य क्लबले जस्तै बार्सिलोनाले पनि आर्थिक समस्या खेपिरहेको छ । परिस्थिति जे भएपनि सिटी भने फेरि एक पटक मेस्सीका लागि प्रस्ताव अघि सार्ने योजनामा छ ।

‘मेस्सी अन्यन्तै प्रभावशाली खेलाडी हुन् । जसले क्लबमा र मैदानमा प्रभाव पर्ने क्षमता राख्छन्’, सिटीका आर्थिक मामलाका निर्देशक ओमार बेराडाले भनेका छन्, ‘उनी विश्वका उत्कृष्ट खेलाडी हुन् । मलाई लाग्छ कुनै पनि क्लब त्यस्ता क्षमतावान खेलाडीलाई आफ्नो क्लबमा समावेश गर्न प्रयास गर्नेछ । त्यसअर्थ हामी उनीलाई भित्राउन प्रयास गर्नेछौं ।’

सम्झौता भएको खण्डमा सिटीका प्रशिक्षक ग्वार्डिओला र मेस्सीबीच दोस्रो पटक सहकार्य हुनेछ । मेस्सी र ग्वार्डिओलाले २०१० को दशकमा बार्सिलोनामा थुप्रै सफलता हासिल गरेका थिए ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.