default_image

3 years ago

November 7, 2020

बार्सिलोनाको नयाँ जर्सीमा क्याटलानको झन्डा

एजेन्सी – बार्सिलोनाले जारी सिजनका लागि चौथो किट सार्वजनिक गर्ने तयारी गरेको छ । अबको किटमा अघिल्ला किटहरु भन्दा फरक हुने बताइएको छ । अब बार्सिलोना क्लबको जर्सीमा क्याटलानको झन्डाको धर्का प्रयो गरिने भएको छ, जुन सेनयाराको नामबाट परिचित छ । एल क्लासिकोसहित ला लिगाका बाँकी केहि खेलमा त्यो किटको प्रयोग गरिने बताइएको छ । […]

51 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाले जारी सिजनका लागि चौथो किट सार्वजनिक गर्ने तयारी गरेको छ । अबको किटमा अघिल्ला किटहरु भन्दा फरक हुने बताइएको छ ।

अब बार्सिलोना क्लबको जर्सीमा क्याटलानको झन्डाको धर्का प्रयो गरिने भएको छ, जुन सेनयाराको नामबाट परिचित छ । एल क्लासिकोसहित ला लिगाका बाँकी केहि खेलमा त्यो किटको प्रयोग गरिने बताइएको छ ।

नयाँ किटको अगाडिको भागमा निलो, त्यसमा सुनौलो रंग र रातोको दुई धर्का प्रयोग गरिने उल्लेख गराएको छ । जसमा क्याटलानको झन्डाझैं ५ वटा पहेलो र ४ वटा रातो धर्काको प्रयोग हुनेछ । ती धर्काको बीचमा युनिसेफको सानो लोगो पनि हुनेछ । चौथो किटको हाफ पाइन्ट र मोजा निलो हुनेछ ।

बार्सिलोनाले यसअघि ३ प्रकारको किट प्रयोग गरि सकेको छ । त्यसमध्ये एउटा परम्परागत, दोस्रो कालो र तेस्रो गुलाबी रंगको छ । नयाँ किट केहि दिनमा सर्वाजनिक गरिने बताइएको छ । च्याम्पियन्स लिगमा सन्तोषजनक प्रदर्शन गरिरहेको बार्सिलोनाको प्रदर्शन ला लिगामा भने कमजोर रहँदै आएको छ ।

६ खेलमा ८ अंकमात्र जोड्न सकेको बार्सिलोना अंक तालिकाको १२ औं स्थानमा छ । ८ खेलमा १७ अंक रियल सोसिडाड शीर्षस्थानमा छ भने १ खेल कम खेलेको साविक विजेता रियल म्याड्रिड १६ अंकसहित दोस्रो स्थानमा छ । बार्सिलोना गत सिजन उपाधि विहिन भएको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.