default_image

3 years ago

November 5, 2020

युभेन्टसको सानदार जित

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार हंगेरीको फेरेन्कभारोसलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । युभेन्टसको जितमा अल्भारो मोराटाले दुई तथा पाउलो डिबालाले १ गोल गरे । अर्को गोल आत्मघाती गोल रहयो । खेलको सातौं मिनेटमा नै पाहुना टोली युभेन्टसले मोराटाको गोलमा अग्रता लियो । जुआन क्वाडराडोले पेनाल्टी क्षेत्र भित्रबाट […]

47 views

0 Bookmark

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार हंगेरीको फेरेन्कभारोसलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । युभेन्टसको जितमा अल्भारो मोराटाले दुई तथा पाउलो डिबालाले १ गोल गरे । अर्को गोल आत्मघाती गोल रहयो ।

खेलको सातौं मिनेटमा नै पाहुना टोली युभेन्टसले मोराटाको गोलमा अग्रता लियो । जुआन क्वाडराडोले पेनाल्टी क्षेत्र भित्रबाट दिएको लो क्रसमा रोनाल्डो र विपक्षी गोलरक्षक समेत बिट भएपछि फार पोस्टमा रहेका मोराटाले सहजै गोल गरेका थिए । ४३ औं मिनेटमा आरोन रामजीको पासमा रोनाल्डोको प्रहार विपक्षी डिफेन्डरले ब्लक गरिदिए ।

खेलको ६० औं मिनेटमा मोराटाले दोस्रो गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । रोनाल्डोले बायाँ विंगबाट दिएको पासलाई उनले पहिलो टचमा नै गोलमा परिणत गरेका थिए । अग्रता दोब्बर पार्नुभन्दा २ मिनेट अघि रोनाल्डोको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरिएको थियो ।

मोराटाको स्थानमा मैदान प्रवेश गरेका पाउलो डिबालाले ७१ औं मिनेटमा गरेको चिप प्रहारले पोस्टको दिशा लिन सकेन । ७२ औं मिनेटमा अन्तत: डिबालाले गोलको खाता खोले । आफ्नै डिफेन्डरले दिएको पासलाई गोलरक्षक डेनेस दिबुस्जले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिन नसक्दा डिबालाले खालि पोस्टमा गोल गर्न पुगेका थिए ।

८२ औं मिनेटमा गोलरक्षक दिबुस्जले अर्को गल्ति गर्दा डिबालाले अर्को गोल थप्ने अवसर पाए । दिबुस्जले क्लियर गर्न खोजेको बललाई डिबालाले नियन्त्रणमा लिंदै प्रहार गरेपछि लासा दिभालीले गोललाइनमा बचाउन खोजेपनि सफल हुन सकेनन् । अन्तिम मिनेटमा फ्रान्क बोलीले घरेलु टोलीका लागि सान्त्वना गोल गरेका थिए ।

यस जितसँगै युभेन्टसले समूह चरणमा दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा डिनामो किएभलाई पराजित गरेको युभेन्टस दोस्रो खेलमा बार्सिलोनासँग पराजित भएको थियो । शीर्षस्थानको बार्सिलोनाको ३ खेलमा ९ अंक छ भने दोस्रो स्थानको युभेन्टसको ६ अंक छ । डिनामो किएभ र फेरेन्कभारोसको १-१ अंक छ ।

यो पनि : बार्सिलोनाको लगातार तेस्रो जित

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.