default_image

3 years ago

November 5, 2020

बार्सिलोनाको लगातार तेस्रो जित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा लगातार तेस्रो जित दर्ता गर्ने क्रममा डीनामो किएभमाथि २-१ को जित दर्ता गरेको छ । खेलको चौथो मिनेटमा नै बार्सिलोनाले कप्तान लिओनेल मेस्सीको पेनाल्टी गोलमा अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र डेनिस पोपोभले मेस्सीलाई लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए । त्यसको केहि मिनेटपछि नै एन्टोइन ग्रिजमन […]

42 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा लगातार तेस्रो जित दर्ता गर्ने क्रममा डीनामो किएभमाथि २-१ को जित दर्ता गरेको छ ।

खेलको चौथो मिनेटमा नै बार्सिलोनाले कप्तान लिओनेल मेस्सीको पेनाल्टी गोलमा अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र डेनिस पोपोभले मेस्सीलाई लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए । त्यसको केहि मिनेटपछि नै एन्टोइन ग्रिजमन गोल गर्नबाट चुक्दा अन्सु फातीको प्रहारलाई गोलरक्षकले विफल पारेका थिए ।

पहिलो हाफको अन्त्यतिर बार्सिलोनाले एक्पक्सिया आक्रमण बुनेपनि किएभका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गर्दै खेलमा बार्सिलोनालाई थप गोल गर्न दिएनन् । दोस्रो हाफको ६५ औं मिनेटमा भने बार्सिलोना अग्रता दोब्बर पार्न सफल रहयो । अन्सु फातीको क्रसमा जेरार्ड पिकेले हेडरमार्फत गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

७५ औं मिनेटमा घरेलु टोली किएभले गोल गर्दै खेलमा फर्कने संकेत देखायो । भिक्टर सिगन्कोभको प्रहार गोलरक्षक टेर स्टेगनले बचाउन नसक्दा बार्सिलोनाको अग्रता १ गोलमा झर्यो । अर्कोतर्फ उस्मान डेम्बेलेको प्रहारलाई गोलरक्षक रुस्लान नेचेरेस्टले विफल पार्दै सम्भावना जारि नै राखे । दोस्रो रोजाईको टोली उतारेको किएभले खेल अवधिभर दबाब खेपेपनि काउन्टर अट्याकमा भने बार्सिलोनालाई केहि समस्या दिएको थियो ।

यस जितसँगै बार्सिलोना शत प्रतिशत जितको नतिजा कायम राख्न सफल रहयो । पहिलो खेलमा फेरेन्कभारोसलाई पराजित गरेको बार्साले दोस्रो खेलमा युभेन्टसमाथि जित हासिल गरेको थियो । शीर्षस्थानको बार्सिलोनाको ३ खेलमा ९ अंक छ भने दोस्रो स्थानको युभेन्टसको ६ अंक छ । डिनामो किएभ र फेरेन्कभारोसको १-१ अंक छ ।

यो पनि : युभेन्टसको सानदार जित

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.