default_image

3 years ago

November 5, 2020

लाइप्जिगसँग पीएसजीको हार

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) जर्मन क्लब आरबी लाइप्जिगसँग पराजित भएको छ । ९ खेलाडीमा समेटिएको पीएसजी लाइप्जिगसँग २–१ ले पराजित भएको हो । लाइप्जिगको जितमा क्रिस्टोफोर एनकुुकु र इमिल फोर्सवर्गले गोल गरे । पीएसजीका एन्जल डि मारियाले गरेको गोल सान्वना बन्यो । डि मारियाकै […]

48 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) जर्मन क्लब आरबी लाइप्जिगसँग पराजित भएको छ ।

९ खेलाडीमा समेटिएको पीएसजी लाइप्जिगसँग २–१ ले पराजित भएको हो । लाइप्जिगको जितमा क्रिस्टोफोर एनकुुकु र इमिल फोर्सवर्गले गोल गरे । पीएसजीका एन्जल डि मारियाले गरेको गोल सान्वना बन्यो ।

डि मारियाकै गोलबाट पीएसजीले खेलमा सुरुवाती अग्रता लिएको थियो । उनले छैटौं मिनेटमा मोइस किनको पासमा गोल गरेका थिए । डि मारियाले नै १६औं मिनेटमा पेनाल्टी चुकाएका थिए । मोइस किनलाई लडाएपछि प्राप्त पेनाल्टीमा डि मारियाको प्रहार लाइप्जिगका गोलरक्षक पिटर गुलाक्सीले विफल पारेका थिए ।

४२औं मिनेटमा क्रिस्टोफोर एनकुुकुले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले एन्जेलिनोको पासमा गोल गर्न सफल भएका थिए । ५७औं मिनेटमा इमिल फोर्सवर्गले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए ।

प्रेसनेल केम्पेम्वेले पेनाल्टी बक्समा फोर्सवर्गलाई लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै लाइप्जिगलाई पेनाल्टी प्रदान गरेका थिए । जसमा फोर्सवर्ग चुकेनन् ।

६९औं मिनेटमा इड्रिसा गाना गुया दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा समेटिएपछि पीएसजीको खेलमा फर्कने सम्भावना सकिएको थियो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा प्रेसनेल केम्पेम्वे पनि दोहोरो पहेँलो कार्ड खादै मैदान छाडेपछि पीएसजी ९ खेलाडीमा समेटियो ।

यो हारले साविक उपविजेता पीएसजीलाई समूह चरण पार गर्न कठिन हने देखिएको छ । हारपछि पीएसजीको ३ खेलबाट ३ अंक रहेको छ । लाइप्जिग ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान ६ अंक नै रहेपनि गोल अन्तरमा म्यानचेस्टर युनाईटेड शीर्षस्थानमा रहेको छ । इस्तानबुल बेसाकसेहिर ३ अंकसहित पुछारमा छ ।

यही समूह ‘एच’ को अर्काे खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड इस्तानबुल बेसाकसेहिरसँग २–१ ले स्तब्ध भएको छ । इस्तानबुलका डेम्वा बा र इडिन भिस्काले गोल गर्दा एन्थोनी मार्सियलको गोल सान्त्वना बन्यो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.