default_image

3 years ago

November 5, 2020

हालान्ड र हाजार्ड चम्कदा डर्टमुन्डको सानदार जित

एजेन्सी – युवा फरवार्ड एर्लिङ ब्राउट हालान्ड र थोर्गन हाजार्ड चम्किएपछि जर्मन क्लब बोरुसिया डर्टमुन्डले युइएफए च्याम्पियन्स लिगमा दोस्रो जित निकालेको छ । डर्टमुन्डले बेल्जियन क्लब ब्रगलाई उसकै मैदानमा ३–० ले पराजित गरेको हो । डर्टमुन्डको जितमा नर्वेजियन फरवार्ड हालान्डले दुई तथा बेल्जियन मिडफिल्डर थोर्गन हाजार्डले एक गोल गरे । सबै तीन गोल पहिलो हाफमा […]

39 views

0 Bookmark

एजेन्सी – युवा फरवार्ड एर्लिङ ब्राउट हालान्ड र थोर्गन हाजार्ड चम्किएपछि जर्मन क्लब बोरुसिया डर्टमुन्डले युइएफए च्याम्पियन्स लिगमा दोस्रो जित निकालेको छ ।

डर्टमुन्डले बेल्जियन क्लब ब्रगलाई उसकै मैदानमा ३–० ले पराजित गरेको हो । डर्टमुन्डको जितमा नर्वेजियन फरवार्ड हालान्डले दुई तथा बेल्जियन मिडफिल्डर थोर्गन हाजार्डले एक गोल गरे । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।

पहिलो खेलमा इटालियन प्रतिद्धन्द्धी लाजियोसँग ३–१ ले पराजित भएको डर्टमुन्डले दोस्रो खेलमा रसियन क्लब जेनिथमाथि २–० को जित निकालेको थियो । ब्रगमा बुधबार राति भएको खेलमा पाहुना टोली डर्टमुन्डले १४औं मिनेटमा थोर्गन हाजार्डको गोलबाट अग्रता लिएको थियो ।

१८औं मिनेटमा एर्लिङ ब्राउट हालान्डले डर्टमुन्डको अग्रता दोब्बर पारे । ३२औं मिनेटमा आलान्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० ले अघि बढाए । ३७औं मिनेटमा इडुआर्ड सोवोलले अवसर पाएपनि सदुपयोग गर्न नसक्दा घरेलु टोली अग्रता घटाउनबाट चुक्यो ।

५७औं मिनेटमा नोआ ल्याङको पासमा इमान्युयल डेनिस चुक्दा क्लब ब्रगले पुन अग्रता घटाउने अवसर गुमायो । त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमुन्ड ३–० ले विजयी हुने सफल भयो ।

लगातार दोस्रो जितसँगै डर्टमुन्ड समूह ‘एफ’ मा ३ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । लाजियो जेनिथसँग १–१ गोलको बराबरीमा रोकिएको फाइदा डर्टमुन्डले उठायो ।

लाजियो ५ अंकसहित दोस्रो स्थानमा छ । क्लब ब्रग ४ अंकसहित तेस्रो स्थानमा रहँदा जेनिथ १ अंक जोडेर पुछारमा छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.