default_image

3 years ago

November 5, 2020

वेर्नरको दुई गोल, सेभियाको पूनरागमन जित

एजेन्सी – जर्मन फरवार्ड टिमो वेर्नरको दुुई गोल सहयोगमा इंग्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगमा फ्रान्सेली प्रतिद्धन्द्धी रेनेसलाई ३–० ले हराएको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा चेल्सीको सहज जितमा अर्काे एक गोल इंग्लिस फरवार्ड ट्याम्मी अब्राहमले गरे । खेलको १०औं मिनेटमा टिमो वेर्नरले पेनाल्टी मार्फत चेल्सीलाई अग्रता दिलाएका थिए । […]

50 views

0 Bookmark

एजेन्सी – जर्मन फरवार्ड टिमो वेर्नरको दुुई गोल सहयोगमा इंग्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगमा फ्रान्सेली प्रतिद्धन्द्धी रेनेसलाई ३–० ले हराएको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा चेल्सीको सहज जितमा अर्काे एक गोल इंग्लिस फरवार्ड ट्याम्मी अब्राहमले गरे । खेलको १०औं मिनेटमा टिमो वेर्नरले पेनाल्टी मार्फत चेल्सीलाई अग्रता दिलाएका थिए । पेनाल्टी बक्समा डाल्बर्टले वेर्नरलाई लडाएपछि प्राप्त पेनाल्टीमा वेर्नर आफैले गोल गरेका थिए ।

४०औं मिनेटमा रेनेस १० खेलाडीमा समेटियो । यसपटक ट्याम्मी अब्राहमको प्रहारलाई डाल्बर्टले हातले रोकेपछि रेफ्रीले उनलाई दोहोरो पहेँलो कार्ड देखाउदै मैदान बाहिर पठाउदै चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा वेर्नर ४१औं मिनेटमा वेर्नरले नै पेनाल्टीमार्फत दोस्रो गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।

५०औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई ३–० ले अघि बढाए । उनले रिस जेम्सको पासमा गोल गरेका थिए । ६७औं मिनेटमा वेर्नर ह्याट्रिकबाट चुके । ७४औं मिनेटमा ओलिभर जिरुड चुके । रेनेसले कुनै पनि समय चेल्सीको पोस्टमा गतिलो आक्रमण बुन्न नसक्दा ३–० ले पराजित हुन पुग्यो ।

यो जितसँगै समूह ‘ई’ मा चेल्सी तीन खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ७ अंक नै रहेपनि स्पेनिस क्लब सेभिया गोलअन्तरमा दोस्रो स्थानमा छ । रसियन क्लब क्रास्नाडोर र रेनेसको समान १ अंक छ ।

बुधबार राति नै भएको खेलमा १० खेलाडीमा समेटिएको सेभियाले क्रास्नाडोरमाथि ३–२ को पूनरागमन जित निकालेको छ । सेभियाको पूनरागमन जितमा युसेफ इन न्यास्रीले दुई तथा इभान राकिटिचले एक गोल गरे । मागोमेड सापी सुलेमानोभ र मार्कुस वर्गको गाल सान्त्वना बन्यो ।

पहिलो हाफको इन्ज्युरी समयमा जेसस नाभास सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि सेभियाले दोस्रो हाफमा १० खेलाडीमा रहेर खेलेको थियो । सेभियाले दोस्रो हाफमै दुई गोल गर्दै जित निकाल्न सफल भयो ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.