3 years ago
November 5, 2020
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड टर्किस क्लब इस्तानबुल बेसाकसेहिरसँग स्तब्ध बनेको छ । युनाइटेड इस्तानबुलसँग २–१ ले स्तब्ध बनेको हो । समूहमा युनाइटेडको यो पहिलो हार हो । यसअघि युनाइटेडले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ ले तथा जर्मन क्लब आरबी लाइप्जिगलाई ५–० ले हराएको थियो । युनाइटेडलाई स्तब्ध बनाउन इस्तानबुलका डेम्वा बा र […]
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड टर्किस क्लब इस्तानबुल बेसाकसेहिरसँग स्तब्ध बनेको छ । युनाइटेड इस्तानबुलसँग २–१ ले स्तब्ध बनेको हो ।
समूहमा युनाइटेडको यो पहिलो हार हो । यसअघि युनाइटेडले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ ले तथा जर्मन क्लब आरबी लाइप्जिगलाई ५–० ले हराएको थियो । युनाइटेडलाई स्तब्ध बनाउन इस्तानबुलका डेम्वा बा र इडिन भिस्काले गोल गरे । एन्थोनी मार्सियलको गोल सान्त्वना बन्यो ।
सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो । इस्तानबुलमा बुधबार राति भएको खेलमा घरेलु टोलीले बल पोजेसनमा दवाव झेलेपनि १३आं मिनेटमा डेम्वा बाको गोलबाट खेलमा अग्रता लिएको थियो । उनले इडिन भिस्काको पासमा गोल गरेका थिए ।
त्यसअघि १०औं मिनेटमा डोनी भान डि बिकको प्रहार पोस्टबाट थोरै बाहिरिदा मार्कुस रासफोर्ड र एन्थोनी मार्सियलले भेट्न सकेन । ३०औं मिनेटमा आरोन वान बिशाखाले राफयलको प्रहारलाई ब्लक गर्दै इस्तानबुलको अर्काे गोल टारे ।
४०औं मिनेटमा भिस्काले गोल गर्दै इस्तानबुललाई २–० ले अघि बढाए । उनले डेनिज टुरुकको पासमा गोल गर्न सफल भएका थिए । त्यसको तीन मिनेट पछि नै एन्थोनी मार्सियलले लुका साको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याउदै युनाइटेडलाई खेलमा फर्काउने संकेत दिए ।
५६औं मिनेटमा ब्रुनो फर्नान्डेसको प्रहारलाई इस्तानबुलका गोलरक्षक मर्ट गुनोकले विफल पार्दै बराबरी टारे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लुका साको कर्नरमा ह्यारी मिगुएरको हेडरलाई एलेक्सान्डर इपुरेनुले गोललाईनबाट बचाउदै युनाइटेडलाई स्तब्ध पारे ।
यो हारपछि पनि ६ अंक जोडेर शीर्षस्थानमा रहेको युनाइटेडले अंकको अग्रता बढाउन सकेन । समान ६ अंक नै रहेपनि आरबी लाइप्जिग गोल अन्तरमा दोस्रो तथा ३ अंकसहित पीएसजी तेस्रो स्थानमा छ । ३ अंक नै रहेको इस्तानबुल पुछारमा छ ।
च्याम्पियन्स लिग नतिजा
समूह ‘ई’ – चेल्सीविरुद्ध रेनेस (३–०), सेभियाविरुद्ध क्रास्नाडोर (३–२)
समुह ‘एफ’ – जेनिथविरुद्ध लाजियो (१–१) क्लब ब्रगविरुद्ध बोरुसिया डर्टमुन्ड (०–३)
समूह ‘जी’ – बार्सिलोनाविरुद्ध डाइनामो किएभ (२–१), फेरेन्कभारोसविरुद्ध युभेन्ट्स (१–४)
समूह ‘एच’ – इस्तानबुल बेसाकसेहिरविरुद्ध म्यानचेस्टर युनाइटेड (२–१), आरबी लाइप्जिगविरुद्ध पीएसजी (२–१)
April 18, 2024
एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]
April 18, 2024
एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]