9 years ago
September 13, 2016
च्याम्पियन्स लिगका समुह चरणका खेलहरु आजबाट सुरु हुँदै छन , चार समुहका १६ टिमहरु आमने सामने गर्दै छन ।

समुह ‘ए’ मा बासेल र बुल्गेरियाको लुडोगोरेट्स भिड्नै छन भने, सोही समुहको अर्को रोचक खेलामा फ्रान्सको साबिक बिजेता पिएसजि इङ्ल्याण्ड्को आर्सनलसङ भिड्दै छ । गत सिजन फ्रान्सको लिग वानमा हावी जनाएको पि एस जिले, यो सिजन मा असाधरण सुरुवात गरेको छ ।
समुह ‘बि’ मा पोर्चुगलको बेन्फिका बेसिक्टाससङ भिड्नेछ भने सोही समुहमा युकरेनको बिजेती डाइनामो किभ न्यापोलीसङ भिड्नेछ ।सेल्टिकले २००४, २००८ ,२०१२ र २०१३ को च्याम्पियन्स लिगको समुह चरणको खेल गरी बार्सिलोनासँग १२ चोटी भिडेको छ, जसमद्धे सेल्टिकले २ खेल जितेको छ भने बार्सिलोनाले ७ खेल जित्न सफल भएको छ । सोही समुहको अर्को खेलमा म्यान्चेस्टर सिटी ले बोरुसिया मोन्चेनग्लाबादको सामना गर्ने छ ।
समुह ‘डि’ मा भने बायर्न मुनिकले पहिलो पल्ट च्याम्पियन्स लिगको समुह चरणमा भाग लिएको रसियाको क्लब रस्टभसँग खेल्नेछ । सोही समुह मा होल्याण्डको इन्ढोभेनले एथ्लेटिको म्याड्रीदको सामना गर्नेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]