default_image

3 years ago

November 5, 2020

फुटबल टोली ढाका प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशसँगको दुई मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज (बिहीबार) ढाका प्रस्थान गरेको छ । ३४ सदस्यीय नेपाली टोली हिमालयन एयरलाइन्समार्फत बिहान ९ः४५ बजे ढाका प्रस्थान गरेको हो । नेपालले १३ र १७ नोभेम्बरमा ढाकाको बंगबन्धु रंगशालामा बंगलादेशसँग मैत्रीपुर्ण खेल खेल्नेछ । त्यसअघि नेपाली टोली करिब एक साता होटेलमा […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशसँगको दुई मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज (बिहीबार) ढाका प्रस्थान गरेको छ ।

३४ सदस्यीय नेपाली टोली हिमालयन एयरलाइन्समार्फत बिहान ९ः४५ बजे ढाका प्रस्थान गरेको हो । नेपालले १३ र १७ नोभेम्बरमा ढाकाको बंगबन्धु रंगशालामा बंगलादेशसँग मैत्रीपुर्ण खेल खेल्नेछ । त्यसअघि नेपाली टोली करिब एक साता होटेलमा क्वारेन्टिनमा बस्नेछ । कोरोना परिक्षणपछि नेपाली टोलीले प्रशिक्षणको मौका पाउनेछ ।

सिनियर खेलाडी घाइते र केही खेलाडीलाई कोरोना पुष्टि भएपछि यसपटक ८ नयाँ खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । बंगलादेशसँगको मैत्रीपुर्ण खेलका लागि नेपालले १२ कार्तिकबाट प्रशिक्षण थालेको थियो ।

३५ जनालाई बन्द प्रशिक्षणमा ढाकिदा दुई चरणमा सात जनामा कोरोना पोजेटिभ देखिएको थियो । बंगलादेश जाने टोलीमा २५ खेलाडी र ९ जना अफिसियल तथा पदाधिकारी छन् । टोलीका मुख्य सदस्य रोहित चन्द चोटका कारण टोलीमा समावेश छैनन् । यस्तै अन्य ७ खेलाडी कोरोनाका कारण टोलीमा रहनेछैनन् ।

नेपाली टोलीलाई बुधबार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलगायतले बिदाई गरेका थिए । टोलीलाई बिदाई गर्दै नेपालको राष्ट्रिय झन्डा सदस्यसचिव सिलवालले फरवार्ड भरत खवास र गोलरक्षक किरण चेम्जोङलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा टोलीको प्रशिक्षणको जिम्मेवारी बालगोपाल महर्जनले सम्हालेका छन् । प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा विकास मल्ल रहेका छन् ।

टिम व्यवस्थापकमा कृष्णभक्त मानन्धर छन् । फिजियोमा आविस्कार पुडासैनी र सहायक फिजियोमा रोशन पुडासैनी छन् । टिम डक्टरमा प्रविन श्रेष्ठ र एन्फा मिडिया अफिसरमा विवेक सुवेदी र अर्का पत्रकार मुक्तिबाबु रेग्मी पनि छन् ।

नेपाली टोलीः अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, बिकास खवास, विक्रम लामा, बिमल राना, बिशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपकोटी, रन्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्वे, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ

यो पनि : राष्ट्रिय टोलीका आठ नयाँ अनुहार

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.