default_image

3 years ago

November 6, 2020

रामोस र म्याड्रिडबीच छलफल

एजेन्सी – स्पेनिस सेन्टर ब्याक तथा कप्तान सर्जियो रामोस र रियल म्याड्रिडबीच नयाँ सम्झौताको विषयमा छलफल भएको छ । रियलमा रामोसको सम्झौता अर्काे समरसँगै सकिनेछ । त्यसैले रामोसलाई फ्रि एजेन्टमार्फत अन्य क्लबले अनुबन्ध गर्न सक्नेछन् । रियलमा ३० वर्ष भन्दा माथिको खेलाडीलाई १ वर्ष मात्रै सम्झौता नविकरण गर्ने नीति छ । तर, क्लबका महत्त्वपुर्ण खेलाडी […]

30 views

0 Bookmark

एजेन्सी – स्पेनिस सेन्टर ब्याक तथा कप्तान सर्जियो रामोस र रियल म्याड्रिडबीच नयाँ सम्झौताको विषयमा छलफल भएको छ ।

रियलमा रामोसको सम्झौता अर्काे समरसँगै सकिनेछ । त्यसैले रामोसलाई फ्रि एजेन्टमार्फत अन्य क्लबले अनुबन्ध गर्न सक्नेछन् । रियलमा ३० वर्ष भन्दा माथिको खेलाडीलाई १ वर्ष मात्रै सम्झौता नविकरण गर्ने नीति छ । तर, क्लबका महत्त्वपुर्ण खेलाडी रहेका रामोसलाई रियलले २ वर्षको सम्झौता थप्ने तयारी गरेको छ ।

३४ वर्षीय रामो अझै पनि जिनेदिन जिदानको टोलीमा महत्त्वपुर्ण सदस्यस छन् । उनले बार्सिलोनाविरुद्धको एल क्लासिको र च्याम्पियन्स लिगमा इन्टर मिलानविरुद्धको खेलमा निर्णायक गोल गरेका थिए ।

इएसपिएनका अनुसार रियल रामोसको सम्झौता नविकरण गर्ने विषयमा सकरात्मक रहेको बुझिएको छ । इएसपिएनको दावी अनुसार यो समरमा रियल र रामोसको विषय टुगिंइसक्ने थियो । तर कोरोना महामारीका कारण यसले पुर्णता पाएन ।

कोरोना महामारीका कारण क्लबमा आर्थिक संकट हुने भएपछि क्लबले खेलाडी नै नकिन्ने र भएका केही खेलाडी बेच्ने निर्णय गर्दा रामोस र रियलबीचको छलफल अघि बढ्न सकेन । तर, यो दावी गरिएको छ कि रामोसका प्रतिनिधिले रामोस २०२४ सम्म क्लबमा रहन चाहेको बताएका छन् ।

त्यतिबेला उनको उमेर ३८ हुनेछ । यसको मतलब रामोसले रियलमा थप तीन वर्षको सम्झौता चाहेका छन् । रियल रामोससँग खुशी रहेपनि उनको सम्झौता कहिलेसम्म लम्बने यो स्पष्ट छैन ।

क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सिजनको शुरुमै रामोस म्याड्रिड छाडेर कतै नजानेमा विश्वस्त रहेको बताए । ‘रामोसले म्याड्रिडमा आफ्नो खेल करियर समाप्त गर्नेछन्,’ रियल म्याड्रिडले गत सिजनको ला लिगाको उपाधि जितेपछि भनेका थिए, ‘जबसम्म चाहन्छन् । तबसम्म यही रहनेछन् । । मलाई लाग्छ कि उनी हामीसँग धेरै वर्षसम्म रहनेछन् ।’

सेभिल्लाका पुर्व डिफेन्डर रामोसले २००५ मा रियलमा सामेल भएदेखि ६५० खेल खेलिसकेका छन् । उनले पाँचपटक ला लिगा र चारपटक च्याम्पियन्स लिग जितेका छन् । उनले रियलका १ सय गोल समेत पुरा गरेका छन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.