default_image

3 years ago

November 6, 2020

मिलानको लज्जास्पद हार

एजेन्सी – युसुफ याजिसीको ह्याट्रिक सहयोगमा इटालियन क्लब एसी मिलानले युइएफए युरोपा लिगमा पहिलो हार बेहोरेको छ । मिलानले घरेलु मैदानमै फ्रान्सेली प्रतिद्धन्द्धी लिलसँग ३–० को लज्जास्पद हार बेहोरेको हो । यससँगै मिलानको २९ खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । ३ मार्च २०२० मा घरेलु मैदानमा जिनोआसँग २–१ ले पराजित भएयता अपराजित रहेका थिए […]

34 views

0 Bookmark

एजेन्सी – युसुफ याजिसीको ह्याट्रिक सहयोगमा इटालियन क्लब एसी मिलानले युइएफए युरोपा लिगमा पहिलो हार बेहोरेको छ । मिलानले घरेलु मैदानमै फ्रान्सेली प्रतिद्धन्द्धी लिलसँग ३–० को लज्जास्पद हार बेहोरेको हो ।

यससँगै मिलानको २९ खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । ३ मार्च २०२० मा घरेलु मैदानमा जिनोआसँग २–१ ले पराजित भएयता अपराजित रहेका थिए । यसक्रममा मिलानले २२ जित र ६ बराबरीको नतिजा निकालेको थियो ।

सानसिरोमा बिहीबार राति भएको खेलको १९औं मिनेटमा थियो हर्नान्डेज ओभरल्यापमा अघि बढ्दै गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा मिलान अग्रता लिनबाट चुक्यो । २०औं मिनेटमा मिलानका गोलरक्षक जियानलुजी डोन्नररुम्माले उत्कृष्ट बचाउ गर्दै लिलको अग्रता टारेका थिए ।

तर, २१औं मिनेटमा एलेसियो रोमागनोलीले जोनाथन डेभिडलाई लडाएपछिको प्राप्त पेनाल्टीमा याजिसीले गोल गर्दै लिललाई अघि बढाए । २५औं मिनेटमा ज्लाटन इब्राहिमोभिचको शक्तिशाली फ्रिकिकलाई लिलका गोलरक्षक मिक मेइगनानले मुस्किलले विफल पारे ।

५५औं मिनेटमा याजिसीले अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि नै याजिसीले गोल गर्दै खेलमा ह्याट्रिक पुरा गरे ।

६४औं मिनेटमा एन्टी रेविकले अवसर गुमाउद मिलान अग्रता घटाउनबाट चुक्यो । ८१औं मिनेटमा जोनाथन बाम्बाको प्रहार पोस्टबाट थोरै बाहिरिदा लिलले गोल अन्तर बढाउन सकेन । ८७औं मिनेटमा राफयल लियोले सुवर्ण अवर पाएपनि सदुपयोग गर्न नसक्दा लज्जास्पद हार बेहार्न बाध्य बन्यो ।

यो हारले समूह ‘एच’ मा शीर्षस्थान गुमाउदा लिल शीर्षस्थामा फर्किएको छ । लिलको ३ खेलबाट ७ अंक पुगेको छ । मिलानको ६ अंक छ । स्पार्टा प्रागको ३ तथा सेल्टिकको १ अंक छ ।

यही समूहको अर्काे खेलमा लुकास जुलिसको ह्याट्रिक सहयोयमा स्पार्टा प्रागले सेल्टिकलाई ४–१ ले हराएको छ । अर्काे एक गोल लाडिस्लाभ त्रेजेसीले गरे । घरेलु टोलीका लेइज ग्रीफफिट्सले गरेको गोल सान्त्वना बन्यो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.