default_image

3 years ago

November 6, 2020

टोटेनहमको सहज जित

एजेन्सी – युरोपा लिगको समूह चरणमा दोस्रो जित निकाल्ने क्रममा इंग्लिस क्लब टोटेनहम हस्टपरले बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडलाई उसकै मैदानमा ३–१ ले हराएको छ । हुवेफर्मा एरिनामा बिहीबार राति भएको खेलमा टोटेनहमको सहज जितमा ह्यारी केन, लुकास मोउरा र जियोभानी लो सेल्सोले गोल गरे । घरेलु टोलीका क्लाउडिउ केसेरुले सान्त्वना गोल फर्काए । खेलको १३औं […]

29 views

0 Bookmark

एजेन्सी – युरोपा लिगको समूह चरणमा दोस्रो जित निकाल्ने क्रममा इंग्लिस क्लब टोटेनहम हस्टपरले बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडलाई उसकै मैदानमा ३–१ ले हराएको छ ।

हुवेफर्मा एरिनामा बिहीबार राति भएको खेलमा टोटेनहमको सहज जितमा ह्यारी केन, लुकास मोउरा र जियोभानी लो सेल्सोले गोल गरे । घरेलु टोलीका क्लाउडिउ केसेरुले सान्त्वना गोल फर्काए ।

खेलको १३औं मिनेटमा नै लुकास मोउराको पासमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । ३३औं मिनेटमा केनको पासमा मोउराले गोल गरेपछि टोटेनहमले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो ।

५०औं मिनेटमा क्लाउडिउ केसेरुले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्कने संकेत दिए । तर, ६२औं मिनेटमा ह्युङ मिन सनको पासमा जियोभानी लो सेल्सोले गोल गरेपछि टोटेनहम सहज जिततर्फ अघि बढ्यो । त्यसपछि थप गोल निस्कन नसक्दा टोटेनह विजयी हुन सफल भयो । यही समूहको अर्काे खेलमा लास्कले रोयल एन्टवेर्पमाथि १–० को झिनो जित हात पारेको छ ।

यो जितसँगै टोटेनहम समुह ‘जी’ मा ३ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ६ अंक नै रहेपनि रोयल एन्टवेर्प र लास्क गोल अन्तरमा दोस्रो र तेस्रो स्थानमा रहेको छ । अंकविहीन लुडोगोरेट्स पुछारमा छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.