default_image

3 years ago

November 6, 2020

लेस्टरले ब्रागालाई हरायो

एजेन्सी – केलिची इहेनाचोको दुई गोल सहयोगमा इंग्लिस क्लब लेस्टर सिटीले युरोपा लिगको समुह चरणको लगातार तेस्रो जित निकालेको छ । लेस्टरले पोर्चुगिज क्लब ब्रागामाथि ४–० को फराकिलो जित निकालेको हो । किङ पावर स्टेडियममा लेस्टरको जितमा केलिचीले दुई तथा डेनिस प्रायट र जेम्स म्याडिसनले समान एक गोल गरे । पहिलो हाफमा १ गोल सम्भव […]

33 views

0 Bookmark

एजेन्सी – केलिची इहेनाचोको दुई गोल सहयोगमा इंग्लिस क्लब लेस्टर सिटीले युरोपा लिगको समुह चरणको लगातार तेस्रो जित निकालेको छ । लेस्टरले पोर्चुगिज क्लब ब्रागामाथि ४–० को फराकिलो जित निकालेको हो ।

किङ पावर स्टेडियममा लेस्टरको जितमा केलिचीले दुई तथा डेनिस प्रायट र जेम्स म्याडिसनले समान एक गोल गरे । पहिलो हाफमा १ गोल सम्भव हुदा दोस्रो हाफमा ३ गोल भएको थियो ।

२२औं मिनेटमा केलिचीको गोलबाट लेस्टरले अग्रता लिएको थियो । उनले जेम्स म्याडिसनको पासलाई सदुपयोग गरेका थिए । ४८औं मिनेटमा सेन्गिज अन्डरको पासमा केलिचीले व्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरको अग्रता दोब्बर पारे ।

६७औं मिनेटमा केलिचीको पासमा डेनिस प्रायटले गोल गर्दै लेस्टरलाई ३–० ले अघि बढाए । ७८औं मिनेटमा एयोजी पेरेजको पासमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई ४–० को फराकिलो जित दिलाए ।

बल पोजेसन बनाएपनि ब्रागाले लेस्टरको पोस्टमा कुनैपनि समय गतिलो पोस्ट आक्रमण बुन्न सकेन । यही समूहको अर्काे खेलमा ग्रीसको एइके एथेन्सले युक्रेनी क्लक जोर्यामाथि ४–१ को सहज जित निकालेको थियो ।

यो जितसँगै समूह ‘जी’ मा अपराजित रहेको लेस्टरको ९ अंक पुगेको छ । ब्रागा ६ अंकसहित दोस्रो स्थानमा छ । एइे एथेन्सको ३ तथा जोर्याले अंकको खाता खोल्न सकेको छैन ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.