default_image

3 years ago

November 6, 2020

बाका चम्कँदा भिल्लारियलको तेस्रो जित

एजेन्सी – कोलम्वियन फरवार्ड कार्लाेस बाकाले दुई गोल गर्नुका साथै अर्काे गोलको लागि असिस्ट दिएपछि स्पेनिस क्लब भिल्लारियलले युरोपा लिगमा लगातार तेस्रो जित निकालेको छ । बिहीबार राति इजरायली क्लब मक्कावी तेल एभिभमाथि ४–० को सहज जित हात पार्दै भिल्लारियलले लगातार तेस्रो जित दर्ता गरेको हो । थप दुई गोल एलेक्स बाइना र सब्सिच्युट फेर […]

35 views

0 Bookmark

एजेन्सी – कोलम्वियन फरवार्ड कार्लाेस बाकाले दुई गोल गर्नुका साथै अर्काे गोलको लागि असिस्ट दिएपछि स्पेनिस क्लब भिल्लारियलले युरोपा लिगमा लगातार तेस्रो जित निकालेको छ ।

बिहीबार राति इजरायली क्लब मक्कावी तेल एभिभमाथि ४–० को सहज जित हात पार्दै भिल्लारियलले लगातार तेस्रो जित दर्ता गरेको हो । थप दुई गोल एलेक्स बाइना र सब्सिच्युट फेर निनोको नाममा रह्यो ।

स्टेडियो सेरामिकामा खेलको चौथो मिनेटमा नै बाकाको गोलबाट भिल्लारियलले खेलमा अग्रता लिएको थियो । उनले ड्यानियल पारेजोको पासमा गोल गरेका थिए । ५२औं मिनेटमा जापनी मिडफिल्डर ताकेफुसा कुवोको पासमा बाकाले व्यक्तिगत दोस्रो गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर पारे ।

७१औं मिनेटमा बाकाको पासमा एलेक्सले गोल गर्दै भिल्लारियललाई सहज जिततर्फ अघि बढाए । ८१औं मिनेटमा वैकल्पिक खेलाडी फेर निनोले गोल गर्दै भिल्लारियललाई ४–० को सहज जित दिलाए । पेर्भिस इस्टुपिनानको पासमा गोल गरेका फेर निनो ७४औं मिनेटमा बाकाको स्थानमा मैदान छिरेका थिए ।

लगातार तेस्रो जितसँगै भिल्लारियलको ९ अंक पुगेको छ । पराजित मक्कावीको ६ अंक छ । सिभास्परको ३ तथा क्वारावाग अंकविहीन छ । यही समूह ‘आई’ को अर्काे खेलमा टर्किस क्लब सिभास्परले अजरवैजानी क्लब क्वारावागमाथि २–० को जित निकाल्दै ३ अंक जोडेको हो ।

युरोपा लिग नतिजा

समूह ‘ए’योङ ब्वाइजविरुद्ध पीएफसी सिएसकेए (३–०), रोमाविरुद्ध सिएफआर क्लज (–०)

समूह ‘बी’ रापिड वेनविरुद्ध डुन्डल्क (–३), आर्सनलविरुद्ध मोल्दे (–१)

समूह ‘सी’ – हापोइल विर सिभाविरुद्ध लिभरकुसन (२–), स्लाभिया प्रागविरुद्ध निस (–२)

समूह ‘डी’ – बेन्फिकाविरुद्ध रेन्जर्स (३–३), लिच पोजनानविरुद्ध स्टान्डर्ड लिग (३–१)

समूह ‘ई’ – ओमोनिया निकोसियाविरुद्ध ग्रानडा (०–), पाओकविरुद्ध पीएसभी इन्डोभेन (–१)

समूह ‘एफ’रियल सोसिडाडविरुद्ध एजेट अल्कामार (–०), रिजेका विरुद्ध नेपोली १–)

समूह ‘जी’लेस्टर विरुद्ध ब्रागा (४–०), जोर्याविरुद्ध एइके एथेन्स (१–)

समूह ‘एच’ – मिलानविरुद्ध लिल (०–३), सेल्टिकविरुद्ध स्पार्टा प्राग (१–)

समूह ‘आइ’सिभास्परविरुद्ध क्वारावाग (-०), भिल्लारियलविरुद्ध माकावी (–०)

समूह ‘जे’ – लुडोगोरेट्सविरुद्ध टोटेनहम (१–), रोयल एन्टवर्पविरुद्ध लास्क (०–)

समूह ‘के’ – डाइनामो जाग्रिवविरुद्ध वल्फ्वर्गर (१–०), फियोनुर्डविरुद्ध सिएसकेए (–१)

समूह ‘एल’ होफेनहाइनविरुद्ध स्लोभन लिवेरेक (–०), क्रेभेना जेभेज्दाविरुद्ध जेन्ट (–१)

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.