default_image

3 years ago

November 6, 2020

‘अज्ञानी’ रोनाल्डो !

एजेन्सी– युभेन्ट्सका पूर्वरक्षक पास्क्वेले ब्रुनोले सुपर स्टार क्रिस्टियानो रोनाल्डोको चर्काे आलोचना गरेका छन् । इटालियन भाषा सिक्ने प्रयास नगर्नु र इटालियन जन जीवन नपछ्याएको कारण देखाउँदै ब्रुनोले रोनाल्डोको आलोचना गरेका हुन् । ५८ वर्षे ब्रुनो टेलिभिजन कमेन्टेटरका रुपमा सक्रिय छन् । उनले पोर्चुगिज राष्ट्रिय टोलीका कप्तान समेत रहेका टोलीका सहकर्मीको सम्मान पनि नगर्ने आरोप लगाएका […]

31 views

0 Bookmark

एजेन्सी– युभेन्ट्सका पूर्वरक्षक पास्क्वेले ब्रुनोले सुपर स्टार क्रिस्टियानो रोनाल्डोको चर्काे आलोचना गरेका छन् । इटालियन भाषा सिक्ने प्रयास नगर्नु र इटालियन जन जीवन नपछ्याएको कारण देखाउँदै ब्रुनोले रोनाल्डोको आलोचना गरेका हुन् ।

५८ वर्षे ब्रुनो टेलिभिजन कमेन्टेटरका रुपमा सक्रिय छन् । उनले पोर्चुगिज राष्ट्रिय टोलीका कप्तान समेत रहेका टोलीका सहकर्मीको सम्मान पनि नगर्ने आरोप लगाएका छन् ।

‘रोनाल्डो अज्ञानी छन्,’ ब्रुनोले इटालियन टेलिभिजनको टिकी टाका सोमा भनेका छन्, ‘उनी २ वर्षदेखि इटालीमा छन् । तर अहिले सम्म यहाँको भाषा सिकेका छैनन् । आफ्नो कुरा राख्न उनी स्पेनिस भाषा प्रयोग र्छन् । उनी आफ्ना सहकर्मी र साधारण इटालियनलाई आदर गर्दैनन् ।’

आफु खेलाडी भएको समयमा ब्रुनो जोर्जी हाजी, मार्को भान बास्टेन र रोर्बेटो बजियो जस्ता खेलाडीका विरुद्ध वादविवादका कारण चर्चामा रहेका थिए । पछिल्लो समयमा उनी रोनाल्डोलाई लक्षित गर्दै विवाद छेड्न खोजेका छन् ।

ब्रुनोले सन् १९८७ देखि १९९० सम्म यभेन्ट्सबाट खेलेका थिए । त्यसपछि उनी सहरी प्रतिद्वन्द्वी टोरिनो पुगेका थिए । उनले लेच्चे, कोमो, फियोरेन्टिना, स्कटल्यान्डका हर्टस् र प्रिमियर लिग टोली विगानबाट पनि खेलेका थिए ।

रोनाल्डोलाई इटालीमा मुख्यत मैदानमा स्टारका रुपमा हेरिन्छ । तर ५ पटकका बालोन डी ओर विजेतालाई हरेक इटालियन भने उनको समर्थक छैनन् । कोरोना भाइरसको संक्रमणमुक्त भएर रोनाल्डो मैदान फर्किसकेका छन् ।

रोनाल्डोको अनुपस्थितिमा साविक विजेता युभेन्ट्सले सिरि एमा सन्तोषजनक प्रदर्शन गर्न सकेको थिएन । उनी फर्केसँगै टोलीको प्रदर्शनमा सुधार भएको छ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.