default_image

3 years ago

November 6, 2020

मोराटा दुई वर्षपछि स्पेनको टोलीमा

एजेन्सी – इटालियन क्लब युभेन्ट्सका फरवार्ड अल्भेरो मोराटा र एट्लेटिको म्याड्रिडका मिडफिल्डर कोकेले स्पेनिस राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । प्रशिक्षक लुइस इनरिकेले तीन अन्तर्राष्ट्रिय खेलका लागि घोषणा गरेको २५ सदस्यीय टोलीमा मोराटा र कोकीसँगै इनिगो मार्टिनेज र मार्काेस लोरेन्टेले टोलीमा पूनरागमन गरेका हुन् । खराब लयपछि मोराटाले २०१८ को विश्वकपमा टोलीमा स्थान बनाउन सकेका […]

38 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्ट्सका फरवार्ड अल्भेरो मोराटा र एट्लेटिको म्याड्रिडका मिडफिल्डर कोकेले स्पेनिस राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

प्रशिक्षक लुइस इनरिकेले तीन अन्तर्राष्ट्रिय खेलका लागि घोषणा गरेको २५ सदस्यीय टोलीमा मोराटा र कोकीसँगै इनिगो मार्टिनेज र मार्काेस लोरेन्टेले टोलीमा पूनरागमन गरेका हुन् । खराब लयपछि मोराटाले २०१८ को विश्वकपमा टोलीमा स्थान बनाउन सकेका थिएनन् । त्यसयता मोराटाले पहिलोपटक टोलीमा स्थान बनाउन सफल भएका हुन् । युभेन्ट्सका लागि उच्च प्रदर्शन गरेपछि उनी टोलीमा परेका हुन् ।

यि चार खेलाडीले स्थान पक्का गर्दा रोड्रिगा मोरेनो, जोस काम्पाना, डिएगो लोरेन्टे, ड्यानी सेवालोस र थियागो आलकान्तरा टोलीबाट बाहिरिएका छन् । युभेन्ट्सका लागि पछिल्ला ६ खेलमा ६ गोल गर्दै उच्च प्रदर्शन गरेपछि टोलीमा बोलाइएका मोराटाबाट स्पेनको अग्रपङ्ति सुधार हुने अपेक्षा प्रशिक्षक इनरिकेले लिएका छन् । स्पेन अघिल्लो महिना युक्रेनसँग १–० ले स्तब्ध बनेको थियो ।

कोरोना संक्रमणका कारण लिड्स युनाइटेडका फरवार्ड रोड्रिगो २०१७ अक्टोवरपछि पहिलोपटक टोलीबाट बाहिरिएका छन् । मोराटाले रोड्रिगोको स्थान लिनेछन् । लोरेन्टेले चोटका कारण टोलीमा पर्न संघर्ष गरिरहेका थिए ।

यस्तै खराव लयमा रहेका चेल्सीका गोलरक्षक किपा एरिजाबालगालाई प्रशिक्षक इनरिकेले टोलीमा समेटेका छन् । फावियन रुइजले टोलीमा स्थान बनाउदा अघिल्लो महिना कोरोना संक्रमणका कारण टोलीबाट बाहिरिएका थियागो अलकान्तराले टोलीमा स्थान बनाउन सकेनन् ।

स्पेनले ११ नोभेम्वरमा आम्सटरड्याममा नेदरल्यान्डसँग मैत्रीपुर्ण खेल खेल्दैछ । त्यसपछि नेसन्स लिगमा १४ नोभेम्वरमा बसेलमा स्वीट्जरल्यान्डसँग तथा १७ नोभेम्वरमा घरेलु मैदानमा जर्मनीसँग प्रतिस्पर्धा गर्दैछ ।

स्पेन पुर्ण टोली:

गोलरक्षक – डेभिड डे हेया, युनाई सिमोन र किपा एरिजाबालगा

डिफेन्डर – जेसस नाभास, सर्जी रोबर्टाे, सर्जियो रामोस (कप्तान), पाउ टोरेस, इरिक गार्सिया, इनिगो मार्टिनेज, जोस लुइस गाया र सर्जियो रिगुइलोन

मिडफिल्ड – सर्जियो बुस्क्वेट्स, रोड्री हर्नान्डेज, मिकेल मोरिनो, फावियन रुइज, सर्जियो कानालेस, कोकी र मार्काेस लोरेन्टे

फरवार्ड – अल्भेरो मोराटा, फेरान टोरेस, ड्यानी ओल्मो, मिकेल ओयरजावाल, जेरार्ड मोरेनो, अन्सु फाती र एडामा ट्राओरे

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.