default_image

3 years ago

November 10, 2020

संघर्षरत पोग्बाको रियल जाने रहर

एजेन्सी – म्यानचेष्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले यो सिजन राम्रो सुरुवात गर्न सकेका छैनन् । त्यसो त टोलीले पनि प्रिमियर लिगमा सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । जसका कारण टोली अंक तालिकाको १४ औं स्थानमा छ । पोग्बाले पनि पहिलो रोजाई गुमाउने खतरा बढेको छ । युनाइटेडसँग पोग्बाको सम्झौता सन् २०२२ सम्म रहेको छ । […]

33 views

0 Bookmark

एजेन्सी – म्यानचेष्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले यो सिजन राम्रो सुरुवात गर्न सकेका छैनन् । त्यसो त टोलीले पनि प्रिमियर लिगमा सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । जसका कारण टोली अंक तालिकाको १४ औं स्थानमा छ । पोग्बाले पनि पहिलो रोजाई गुमाउने खतरा बढेको छ ।

युनाइटेडसँग पोग्बाको सम्झौता सन् २०२२ सम्म रहेको छ । तर २०१८ का विश्व कप विजेतालाई विक्री गर्ने सम्भावना पनि रहेको छ । यदि रियल म्याड्रिडले उनीमाथि चासो देखाएमा युनाइटेड विक्रीका लािग तयार हुन सक्ने अनुमान गरिएको छ ।

अब खुल्ने सुरुवा बजारमा ६० मिलियन युरो दिनका लागि रियलले प्रस्ताव गरेमा युनाइटेड तयार हुन सक्ने बताइएको छ । पोग्बाका एजेन्ट मिन रेउलाले पनि त्यो चर्चालाई अस्वीकार गरेनन् । उनले भने, ‘पोग्बा जिनेदिन जिदानसँग खेल्न चाहन्छन् ।’

जिदान पनि पोग्बा प्रति सकारात्मक रहदै आएका छन् । तर रियलले भने मुख्यत फरवार्ड केलियन एमबाप्पले वा इर्लिङ हालान्डमध्ये एकलाई लिनेमा जोड दिइरहेको छ । पोग्बाले भने रियलबाट खेल्ने आफ्नो सपना रहेको पटक पटक बताइएका छन् ।

‘रियलबाट खेल्ने हरेक खेलाडीको सपना हुन्छ,’ पोग्बाले केहि अघि भनेका थिए, ‘यदि जिदानेले चाहे भने हुन सनसक्छ । अन्य खेलाडीको जस्तो रियलबाट खेल्ने सपना मेरो पनि छ ।’ युनाइटेडका लागि १ सय ६७ खेल खेलेका पोग्बाले ३३ गोल गरेका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.