default_image

3 years ago

November 7, 2020

बार्सिलोना आक्रमणमा कोम्यानको प्रयोग

एजेन्सी – रोनाल्ड कोम्यानले अगस्ट देखि नै अलग अलग आक्रमण जोडीलाई बार्सिलोनामा प्रयोग गरेका छन् । लिओनल मेस्सीलाई कहिले अगाडि, कहिले फरवार्डको पछाडि वा दायाँ विङ्सको भूमिकामा प्रयोग गरेका छन् । अन्सु फातीलाई बायाँ विङ्स वा फरवार्डको पूरकका रुपमा । पेन्द्रीलाई दाया, बायाँ विङ्स वा नं १० मा प्रयोेग गरेका छन् । त्यस्तै एन्टोइन ग्रिजमनलाई कहिले […]

48 views

0 Bookmark

एजेन्सी – रोनाल्ड कोम्यानले अगस्ट देखि नै अलग अलग आक्रमण जोडीलाई बार्सिलोनामा प्रयोग गरेका छन् । लिओनल मेस्सीलाई कहिले अगाडि, कहिले फरवार्डको पछाडि वा दायाँ विङ्सको भूमिकामा प्रयोग गरेका छन् ।

अन्सु फातीलाई बायाँ विङ्स वा फरवार्डको पूरकका रुपमा । पेन्द्रीलाई दाया, बायाँ विङ्स वा नं १० मा प्रयोेग गरेका छन् । त्यस्तै एन्टोइन ग्रिजमनलाई कहिले फरवार्ड वा कहिले दायाँ विङ्सबाट खेलाउँदै आएका छन् । यो सबै प्रयोगको अर्थ उनले जसरी पनि टोलीबाट राम्रो प्रदर्शन गराउनु नै हो ।

कोम्यानको नेतृत्वमा बार्सिलोनाले यो सिजन ९ खेल खेलेको छ । जसमा ५ खेलमात्र जितेको छ । तर, नतिजा जस्तो भएपनि ४–२–३–१ संरचना मै उनले टोलीलाई खेलाउने भने लगभग पक्का छ । रक्षापंक्तिमा भने उनले थोरै मात्र प्रयोग गरेका छन् ।

नेल्सन सेमेडो क्लबबाट बाहिरिएका छन् भने सर्जियानो डेस्ट यहि सिजन क्लबमा आएका हुन् । सर्जियो बुस्केट र फ्रेन्की डि जोङ दोहोरो भूमिकामा हुन्छन् । ४ वटा पोजिसनका लागि कोम्यानसँग नयाँ आएका पेन्द्री र फ्रान्सिस्को ट्रिन्काओसहित आठ खेलाडी छन् । तर त्यसमा वास्तविक नं ९ खेलाडी भने छैनन् । जसमा यसअघि लुइस स्वारेज थिए ।

वास्तविक फरवार्ड नभएका कारण बार्सिलोनाले विङ्समा र आक्रमणमा विभिन्न विकल्पको प्रयोग गरिरहेको छ । त्यसले टोलीको एकरुपताको प्रदर्शनमा भने असर गरिरहेको छ । बार्सिलोनको धेरै जसे खेल मेस्सीको वरिपरि घुमिरहेको हुन्छ । उनका कारण अन्य खेलाडीले खेल्नका लागि ठाँउ पाइरहेका हुन्छन् । मेस्सी मात्र होइन अन्य खेलाडीले पनि फरक फरक भूमिकामा खेलको सुरुवात गर्नुपरेको छ ।

बायाँ विङ्सबाट सुरु गरेपनि चोटग्रस्त फिलिपे काउटिन्हाको अनुपस्थितिमा फरवार्डमा पनि जानुपर्ने हुन्छ । फाती बायाँ विङ्सबाट खेले पनि आक्रमणमा जानुपर्ने अवस्था छ । पेन्द्री दुवै विङ्सबाट खेल्न सक्छन् ।

ओसमाने डेम्बेले विशेषत दायाँ विङ्समा खेल्ने भएपनि आवश्यकतमा बायाँबाट पनि खेल्न सक्छन् । ट्रिन्को भने एउटै पोजिसन दायाँ विङ्समा खेल्दछन् । अहिले पनि बार्सिलोनको सुरुवाती ११ को बारेमा यकिन भन्न सकिन्न । अहिले पनि हरेक पोसिजनका लागि उत्तम विकल्प को हुन् भन्ने निष्कर्षमा कोम्यान पुगिसकेको देखिन्न ।

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.